७ जेष्ठ २०७९, शनिबार

गभर्नर अधिकारीको मुद्दाको पेशी आज




काठमाडौं । हेर्दाहेर्दैको सूचीमा राखिएको गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि अर्को पेसी आज बिहीबारका लागि तोकिएको छ । सर्वोच्च अदालतमा गभर्नर अधिकारीले दायर गरेको रिटमा मंगलबार सुनुवाइ नभएपछि हेर्दाहेर्दैमा आजको लागि राखिएको हो ।

सरकारले छानबिन अघि बढाएपछि निलम्बनमा परेका गभर्नर अधिकारीले आफूमाथि छानबिन कार्य रोक्न भन्दै वैशाख ५ गते सर्वोच्च मुद्दा दायर गरेका थिए । वैशाख ६ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले छानबिन रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

साथै, वैशाख १३ गते दुवै पक्षलाई छलफलका लागि सर्वोच्चले बोलाएको थियो । मंगलबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासले मुद्दाको सुनुवाइ गर्न नसकेपछि मुद्दा हेर्दाहेर्दैमा राखेको थियो । अव भने आज के फैसला आउला चासोको विषय बनेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको