७ जेष्ठ २०७९, शनिबार

हुम्लाको चंखेलीमा एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेल




सुर्खेत । हुम्लाको चंखेली गाउँपालिकामा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)बीच चुनावी लातमेल भएको छ । केन्द्रमा एमालेले एकीकृत समाजवादीलाई पार्टी नमाने पनि हुम्लाको चंखेली गाउँपालिकामा भने चुनावी तालमेल भएको छ ।

एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेलपछि अध्यक्षमा एमालेका विमलाकुमार शाही र एकीकृत समाजवादीबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएका छन् । एमालेले उपाध्यक्ष र एकीकृत समाजवादीले अध्यक्षमा उम्मेदवार उठाएको छैनन् ।

यस्तै, चंखेलीमा माओवादीबाट गोविन्दबहादुर शाही अध्यक्ष र कांग्रेसबाट मैना बुढा उपाध्यक्षको उम्मेदवार छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको