जेठ १ गतेदेखि हप्तामा शनिबार र आइतबार बिदा
काठमाडौं । सरकारले जेठ १ गतेदेखि लागु हुने गरि हप्तामा शनिबार र आइतबार बिदा दिने भएको छ । परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । सरकारले हप्तामा दुई दिन बिदा दिने भएपछि कार्यालय समय भने विहान ९ः३० देखि ५ः३० सम्म बढाइएको छ ।