३ आश्विन २०८०, बुधबार

कालीकोटका नौ ओटै पालिकामा विप्लवको उम्मेदवारी



सुर्खेत । कालीकोटका नौ वटै पालिकामा विप्लव नेतृत्वको नेकपाले उम्मेदवारी दिएको छ । विप्लवका केन्द्रीय सदस्यदेखि पूर्व संबिधानसभा सदस्यहरुसमेत स्थानीय तहमा उम्मेदवारी दर्ता गराएका हुन् ।

कालीकोटको नरहरीनाथ गाउँपालिकामा अध्यक्षमा एटम बिसी र उपाध्यक्षमा कलशा बिकले उम्मेदवारी दर्ता गराएका छन् । बिसी सो पार्टीका केन्द्रीय सदस्य हुन भने बिक सो पार्टीका प्रवत्ता खड्क विश्वकर्माको भाइबुहारी हुन् ।

रास्कोट नगरपालिकामा धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा बिकले उम्मेदवारी दर्ता गरेकी छन् । उपाध्याय २०६४ सालको संविधानसभाको सदस्य हुन् ।

खाँडाचक्र नगरपालिकामा प्रमुखमा हस्त बिक, तिलागुफा नगरपालिकामा रमेश चदारा प्रम्ख उपप्रमुखमा धनराज शाही उम्मेदवारी दर्ता गराएका छन् ।

पचालझरना गाउँपालिका सो पार्टीका जिल्ला सचिव रहेका मनीलाल ऐडीले अध्यक्ष, विनित सिंह तिरुवाले उपाध्यक्ष, पलाता गाउँपालिकामा पदम विक अध्यक्ष, महावै गाउँपालिकामा धनबहादुर सिंह, शुभकालिका गाउँपालिकामा मनिश बिक र सान्नी त्रिवेणी गाउँपालिमामा रुपसिंह बोहोरा उम्मेदवारी दिएका छन् ।

पार्टीको चुनावलाई उपभोग गरेर जाने नीति अनुसार नै उम्मेदवारी दिएको जिल्ला सचिव मनीलाल ऐडीले बताए।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको