७ जेष्ठ २०७९, शनिबार

नगर प्रमुख सुवेदीले पाँच वर्षमा पाएको पारिश्रमिकबाट फाउण्डेसनको स्थापना




सुर्र्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी पाँच वर्षमा आफुले पाएको पारिश्रमिकबाट फाउण्डेसनको स्थापना गरेका छन् । प्रमुख सुवेदीले आफ्नो पाँच वर्षे कार्यकालमा राज्यबाट प्राप्त भएको पारिश्रमिक वापतको रु १३ लाख ५० हजार रुपैयाँ अक्षय कोषमा राख्दै रविजगत फाउण्डेसनको स्थापना गरेका हुन् ।
गरिब तथा विपन्न महिला, बालबालिका र विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले फाउण्डेसनको स्थापना गरेका हुन् ।
गरिव, विपन्न, अपाङ्ग, टुहुरा, दलित, महिला, जनजाति तथा पिछडिएको वर्ग र क्षेत्रका विद्यार्थी एवम् बालबालिकालाई विभिन्न विषय र तहको तालिम तथा प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ रविजगत फाउन्डेसको स्थापना गरिएको नगर प्रमुख सुवेदीले बताए । ‘आदिवासी, जनजातिहरुको भाषा, संस्कृति तथा अधिकारको संरक्षण गर्दै दलित, उत्पीडित, सिमान्तकृत वर्ग अपाङ्ग तथा अल्पसङ्ख्यक समुदायका मानिसहरुको हकहितको लागि फाउण्डेसनले काम गर्नेछ ।’ उनले भने,‘सडक, पुल, पाटी, पौवा लगायतका सामाजिक संरचनाको निर्माण तथा मर्मत संरक्षण, कृषि तथा पर्यावरणका साथै सामूहिक समुदायिक वन, कबूलियत वन जङ्गलको संरक्षण तथा सम्बद्र्धन, जडिबुटी वृक्षरोपण, राष्ट्रिय तथा अन्तराष्ट्रिय कृषि उर्जा, जडिबुटी, सभा सम्मेलन तथा वातावरण संरक्षणमा विशेष भूमिका रहने छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको