एमालेले लुम्बिनी र गण्डकीका प्रदेश सांसदहरूलाई मेयरमा नउठाउने
काडमाडौं । नेकपा एमालेले लुम्बिनी र गण्डकी प्रदेशसभाका सदस्यहरूलाई मेयरको उम्मेदवार नबनाउने भएको छ । आज बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको हो ।
लुम्बिनी र गण्डकीमा जतिबेला पनि सरकार परिवर्तन हुन सक्ने सम्भावना रहेको विश्लेषण गर्दै एमालेले ती प्रदेशका प्रदेशसभा सदस्यलाई स्थानीय तहको उम्मेदवार नबनाउने निर्णय लिएको हो ।
एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले लुम्बिनी र गण्डकीका प्रदेश सांसदहरूलाई स्थानीय तहको उम्मेदवार नबनाउने निर्णय भएको जानकारी दिए ।