८ जेष्ठ २०७९, आईतवार

‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ तिर्थकुमारी र शुभबहादुर सुनामलाई



४ बैशाख, काठमाडौं । यस वर्षको ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ वरिष्ठ गायिका तिर्थकुमारी र वरिष्ठ संगीतकार शुभ बहादुर सुनामलाई प्रदान गरिने भएको छ ।

भक्तराज आचार्य संगीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनी ट्रान्सफरको संयुक्त आयोजनामा उक्त सम्मान प्रदान गरिने भएको हो ।

नेपाली गीत संगीतको क्षेत्रमा अनवरतत रूपमा पुर्याएको योगदानलाई उच्च मुल्याङ्कन गरी गायन तर्फ वरिष्ठ गायिका तिर्थकमारी र वरिष्ठ संगीतकार शुभ बहादुर सुनामलाई सम्मान गर्न लागिएको प्रतिष्ठानका सञ्चालक तथा लोकप्रिय गायक/संगितकारद्वय सत्य–स्वरूपराज आचार्यले रारापाटीलाई जानकारी दिए । सत्य–स्वरुपका अनुसार श्रष्ठालाई दोसल्ला, ताम्रपत्रसहित जनही ५०–५० हजार नगद राशिले सम्मान गरिनेछ ।’

यहि बैशाख १७ गते आयोजना गरिने एक विशेष सांगितिक कार्यक्रममा बिच गायिका तिर्थकुमारी र संगीतकार सुनामलाई उक्त सम्मान प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानले स्थापनाकालदेखि नै हरेक वर्ष नेपाली गीत–संगीत क्षेत्रका विशिष्ठ योगदान पुर्याएका श्रष्ठाहरूलाई सम्मान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको