कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नै बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवम् उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारसम्बन्धी प्रस्तावबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ