१४ जेष्ठ २०७९, शनिबार

कांग्रेसको चुनावी सभा बढीमा २ घन्टा, गठबन्धनका नेतालाई आशन ग्रहण अनिवार्य



काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको प्रचारका लागि २ घन्टाभन्दा लामो चुनावी सभा नगर्ने भएको छ ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समितिको शुक्रबारको बैठकले स्थानीय तह, वडा र टोलमा हुने चुनावी सभाको मापदण्ड तय गरेको हो ।

मापदण्डले चुनावी सभा र प्रचारप्रसारका कार्यक्रम चुस्त र छरितो हुनुपर्ने भनेको छ ।

समितिले बनाएको मापदण्डअनुसार पालिकास्तरका चुनावी सभा बढीमा २ घन्टाभित्र सकिसक्नुपर्ने छ । वडा र टोलस्तरका सभा भने १ घन्टाभित्रै सम्पन्न गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

यस्तै, बैठकले आशन ग्रहणको मापदण्ड पनि तय गरेको छ । जसअनुसार गठबन्धन भएको ठाउँमा गठबन्धनमा रहेका दलका एक÷एक जनालाई आशन ग्रहण अनिवार्य गरिएको छ । यस्तै, सभापति, प्रमुख अतिथि वा प्रमुख वक्ता, पदीय मर्यादा बमोजिम पार्टीका नेताहरुलाई सामूहिक र उम्मेदवारहरुलाई आसनग्रहण गराउन निर्देशन बैठकको छ ।

कांग्रेसले चुनावी सभालाई व्यवस्थित र छोटो बनाउन यस्तो निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

त्यस्तै, बैठकले प्रदेश र जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने, पालिकासम्मको प्रतिनिधि प्रदेश समितिले पठाउने र भ्रातृ एवम् शुभेच्छुक संस्थाहरुले आ–आफ्नै परिचालन समिति बनाउने निर्णयसमेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको