१९ जेष्ठ २०८०, शुक्रबार

जातीय विभेद अन्त्यका लागि दलितहरुले निर्वाचनमा स्वतन्त्र उम्मेदवारी पनि दिनुपर्छ


मनिष गहतराज
३० चैत्र २०७८, बुधबार



नेपालमा राज्य सञ्चालन इतिहासको सिलसिला हेर्ने हो भने,, दलित जातिको लामै इतिहास रहेको पाइन्छ । राज्य सञ्चालन कसरी गर्ने भन्ने बारेमा राज परिवारमा छलफल भयो । त्यसपछि जयस्थिति मल्लले विचार गरे, अब सीपको पहिचान गरी कामको विभाजन गर्नुपर्छ । अनि मात्र यो राज्य सञ्चालन गर्न सकिन्छ, अन्यथा गाह्रो हुन्छ भन्ने निष्कर्षमा पुगी दरबारमा बैठक आह्वान गरे ।
राजा र ठुला बडाले कामको आधारमा जातको विभाजन गरी आफूले मात्र मोजमस्ती गरेको भन्ने पनि शिलालेखमा पाइन्छ । पहिला–पहिला त जात के हो भन्ने बारेमा पनि कसैलाई थाहा नहुने र पछि सीपको आधारमा काम विभाजन गरियो । नाच्नेलाई नाच्ने काम दिइयो, जुत्ता सिलाउनेलाई छालाको काम दिइयो, सुन बनाउनेलाई सुनको काम दिइयो र फलाम बनाउनेलाई फलामको काम दिइयो त्यसैगरि सिपको आधारमा अन्य काम पनि विभाजन भए ।
तर पछि त्यसैमा राजाहरूले छालाको काम गर्नेलाई सार्की, सुन बनाउनेलाई सुनार, फलाम बनाउनेलाई लोहार । नाचगान गर्नेलाई गाइने वादीको जाति बनाइयो । यसैको विकसित रूप नै पछि गएर टाठाबाठाले जातमा विभाजन गरे । त्यो नै कालान्तरमा गएर जातमा परिणत भयो, ती जातलाई तल्लो स्तरको भने चलन बसेको इतिहासमा उल्लेख छ ।
नेपालमा लामो समयसम्म जात व्यवस्थामा आधारित राज्य सञ्चालनमा आयो । जातीय व्यवस्थाको राज्य अन्त्य गर्नका लागि धेरै ठुला ठुला आन्दोलन समेत भएका छन् ।
माओबादी १० वर्ष जनयुद्धमा मुख्य मुद्दा छुवाछुतको अन्त्य थियो र देशको कुना– कुनाबाट दलितहरु निस्किय अनि सहभागी भए । जनयुद्धको क्रममा दलित समुदायबाट धेरै मानिसहरु मारिए । एउटा मात्र आशमा कि हामी पनि यो समाजले एउटै नजरले हेर्छ । नतिजा जनयुद्धका कमान्डरहरु शन्ति प्रकियापछि मन्त्री र संसद हुनुभयो दलितको अवस्था जस्ताको तेस्तै ।
राजाको राज्यदेखि गणतन्त्रसम्म आइपुग्दा दलितको जीवनमा केही फरकपना आएन आयो त मात्र नेपाली कानुनको पानाहरुमा जहाँ धेरै कानुनहरु बने जस्को अहिलेसम्म केही अर्थ छैन् ।
नेपालको कुल जनसंख्यामा १३.०९ प्रतिसद दलित समुदायको बसोबास छ । सरकारमा धेरै वष देखि दलितहरुको प्रतिनिधि भनेर धेरै मानिसहरु संसद र मन्त्री भए तर गरिब दुःखी दलितका सपना भने कहिले पुरा हुन सकेनन । अब हालैमा हुन गइरहेको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा बढी संख्यामा सहभागी हुनु पर्छ । हामी सबै कुनै न कुनै राजनीतिक दलसँग आस्था राख्दछौ । हामीले त्यही भित्र आफ्नो समाबेशिता खोज्ने हो र यो निर्वाचनमा हाम्री सहभागिता जनाउने हो । हामीलाई निर्वाचनमा जानको लागि कुनै पनि दलले रोख्दैन हामी स्वतन्त्र उम्मेदवारी पनि दिन सक्छौ ।
म यहि शताब्दीको एउटा पढेलेखेको युवा हो । मैले कहिले पनि परिवर्तन देखेन । किताव र भाषणमा मात्र सुने कि दलित शब्द हटाउनु पर्छ तर कहिले अनुभव गर्न पाएन । अब, पालो हाम्रो, हामी बाट नै परिवर्तन संम्वभ छ । हामी युवालाइ आहिले आधुनिक युगको ज्ञान छ हाम्रो समाज र हाम्रो देशको विकास गर्न हामी सक्छौ ।

यो कस्तो लाडाइ हो हाम्रो हामी संग नै सधै सानो जात भएकै कारणले हामी अरुको अगाडी झुक्नु पर्ने, अब यो शीर झुक्छ त आफ्नो देश को लागि मात्र । हामी गणतन्त्र मान्छौ हाम्रो मुद्दा हामी जब निर्वाचनमा अत्यधिक संख्यामा बिजय हुन्छौ सदनमा ठुलो आवाजमा हाम्रो मात्र कुरा राख्छौ २७५ संसदले खुशीले हाम्रो साथ दिन्छन । निर्वाचन नै हाम्रो सबैभन्दा ठुलो अस्त्र हो । हामीले हाम्रो कुरा हाम्रो मान्छेसँग राख्न सक्छौ । देशमा हाम्रो मात्र समस्या छैन । हामी जस्तै र हामीभन्दा नि धेरै समस्या भएर धेरै मानिसहरु हुनुहुन्छ । हामी आगाडी बढ्दा सबैको साथ बिना अगाडी बढ्न सक्दैनौ दलित, गरिब, मदेशी, दुखिलाई समेटी आगाडी बढ्नु नै हाम्रो सबैभन्दा ठुलो जित हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको