८ जेष्ठ २०७९, आईतवार

नयाँ वर्षमा नेपाल टेलिकमले ल्यायो यस्ता अफर




काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न अफर ल्याएको छ ।
विश्वभर रहेका नेपालीले हर्षोल्लासका साथ पर्वका रुपमा मनाउने नयाँ वर्षको अवसरमा ग्राहकका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको अफर उपलब्ध गराएको हो । यो अफर २९ चैतदेखि ३ वैशाखसम्म उपलब्ध हुनेछ ।
यो अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ मा उपलब्ध हुने टेलिकमले जनाएको छ । यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिने छ ।
यसका साथै २०० देखि ४९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको