१५ फाल्गुन २०७७, शनिबार

देशभर ११ सय ७० जनामा कोरोना पुष्टि, १५ को मृत्यु



२९ भाद्र, काठमाडौं । सोमबार देशभर थप ११ सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए ।

आज काठमाडौंमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ गरी उपत्यकामा ५१२ जना भाइरस सङ्क्रमित थपिएका छन् ।

प्रवक्ता गौतमका अनुसार आज थपिएकासहित हालसम्म ५५ हजार ३ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशका विभिन्न अस्पतालमा उपचाररत ८ सय ७९ जना सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोना सङ्क्रमणबाट मूक्त हुनेको संख्या ३९हजार ५ सय ७६ पुगेको छ ।

जम्मा सङ्क्रमितको संख्या ५५ हजार नाघेपनि सक्रिय सङ्क्रमितको संख्या भने १५ हजार ३ सय ९३ रहेको प्रवक्ता डा. गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १५ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै देशका विभिन्न प्रयोगशालमा १० हजार ८ सय ७८ जनाको पिसिआर परिक्षण भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु