७ जेष्ठ २०७९, शनिबार

यी हुन् पाँच दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्णय



काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल र सिट बाँडफाँटका विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पाँच दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले यी निर्णयहरू गरेको हो ।

यस्तो छ पाँच दलीय गठबन्धनको निर्णयः

१. महानगरपालिका÷उपमहानगरपालिकाका प्रमुख÷उपप्रमुखको सिट बाँडफाँटको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने ।

२. नगरपालिका÷गाउँपालिकाका प्रमुख÷उपप्रमुख÷अध्यक्ष÷उपाध्यक्षको सिट बाँडफाँटको आवश्यक निर्णय गरी वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।

३. महानगरपालिका÷उपमहानगरपालिका÷नगरपालिका र गाउँपालिकाका वडा अध्यक्ष र सदस्यहरूको सिट बाँडफाँटको निर्णय जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने ।

४. प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित दुई–दुई जना प्रतिनिधि रहने ।

५. प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आफ्नो आवश्यकताअनुसार प्रतिनिधि आमन्त्रण गर्न सक्ने ।

६. सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको