८ जेष्ठ २०७९, आईतवार

बहसबाट बाहिरिएको मुद्दा: संस्थागत स्कुल र वर्ग सिर्जना


डा. मीनबहादुर शाही
२१ चैत्र २०७८, सोमबार

निजी स्कुलले २ थरीका नागरिक उत्पादन गरेको छ ।
विकास र सामाजिक सन्तुलनका लागि खराव हो ।
नागरिक – नागरिक बीच खाडल सिर्जना गरेको छ ।
खाडल बढ्दै गएको छ र झनै बढ्दै जानेछ ।

यीं माथिका वाक्यहरू नेपाली शिक्षा क्षेत्रको सन्दर्भमा यत्रतत्र सुनिने कुराहरू हुन । सभा, गोष्ठी, चिया पसल, बाटोघाटो, अथवा मानिसहरू जम्मा हुने सबै ठाउ“मा यीं कुराहरू उठ्ने गर्दछन् । यसमा एउटा निश्चित समूह लागेको छ, केही व्यक्तिलागेका छन् । विज्ञहरू पनि संलग्न छन् । तर काग कराउदै गर्छ पिना सुक्दै गर्छ भने जस्तै अवस्था छ । उनीहरू लागि परेकै छन् । संस्थागत स्कुलहरूको गति अगाडि बढेकै छ । त्यसैले यो मुद्दा बहसबाट वाहिरिसकेको छ भन्न सकिन्छ । तथापि यस विषयमा एकपटक समग्रतामा छलफल हुन आवश्यक छ ।

विश्व उपनिवेशको गोल चक्करमा यात्रा गरिरहेको युग १९ औं शताब्दी मै निजीस्तरबाट स्कुलहरू सञ्चालनमा थिए । यस बारेमा भारतबाट सिक्न हरेक नेपालीलाई सजिलो छ । विसौं शताब्दीमा जब अंग्रेजहरूले भारतमा उपनिवेश सुरू गरे त्यस संगै शिक्षाको यो रूपको पनि सुरूवात भयो । त्यसैले हाम्रा लागि भारत नजिकको साक्षी छ । नेपालको सन्दर्भमा सन् २००० को दशकमा निजी विद्यालयहरू स्थापनामा तिव्रता पायो । सन् २००१ पछि नै सीमित विज्ञ र शिक्षाकर्मीहरूले यो मुद्दा उठाउन थाले । तर पनि निजी विद्यालयको तिव्र विकास रोकिएन । बढ्दै गयो । सन् २०१० पछि यो मुद्दा सार्वजनिक वहशबाट वाहिरिएको छ । तर पनि सीमित विज्ञ र शिक्षाकर्मिहरूले उठाईरहेका छन् । उनीहरूले वाह्य रूपमा भन्ने गरेको भाषा भनेको सार्वजनिक शिक्षा अथवा सरकारी सामुदायिक विद्यालयलाई नै सुधार गर्नुपर्छ । तवमात्र सर्वसाधारणले पनि गुणस्तरीय शिक्षा पाउ“छन् । यो एकदमै जनमुखी, लोकप्रिय नारा छ । तर त्यसो भन्ने अधिकतम् मानिसहरूको भित्रि कथा भने, आºना सन्तान संस्थागतमा पढाउने र त्यसमा पनि मह¨ो छानेर पढाउने, छात्रवृत्तिमा पढाउने, वा सन्तानको पढाई सकेका, वा अवसर नपाएर रूष्ट भएका वा यसलाई माध्यम बनाएर लोकप्रिय बन्न खोज्नेहरू छन् । त्यसैले जडशुत्रबादी, अन्धभक्त, अनुदारवादी, व्दैध चरित्र भएका व्यक्तिहरू समानता र समाजवादको नाममा यो नारा उठाइरहेका छन् । उनीहरू पक्कै पनि फुर्सद भएका मानिसहरू नै होलान् । यदि त्यसो हो भने उनीहरूले शिक्षा क्षेत्रमा सकारात्मक पक्षबाट सहयोग गर्न सक्ने धेरै ठाउहरूछन् । नपत्याए काठमाडौं विश्वविद्यालयका संस्थापक प्रा.डा.सुरेशराज शर्मा, सेतो गुरा“सका संस्थापक अगाथा थापा, बिनाको केटाकेटी बारी, रातो ब¨ला स्कुल तथा लिटिल एन्जेल्स स्कुलका संस्थापकबाट प्रत्यक्ष रूपमा सिक्न सकिन्छ । त्यसैले यो मुद्दालाई यो लेखमा स्थान दिने प्रयास गरिएको छ । यसलाई समग्रतामा हेर्ने प्रयास गरिएको छ ।

यो मुद्दा जोडतोडले चलिरहदा मलाई करिव ४० वर्ष पहिलेको एउटा गाउ“को कथा याद आउछ । करिव ९० घरधुरी भएको एउटा दुर्गम उच्च पहाडि गाउ“मा कुनै पनि मानिस पढेलेखेको र सरकारी वा कतै जागिर खाएको थिएन । गाउ“मा कथित उच्च र दलित भनी विभाजन गरिएका जातहरू थिए । मुखिया र ठालु थिए । एकदुई घरपरिवारबाट भारत प्रवासमा गएर काम गर्ने मानिस थिए । तीं मुखिया, ठालु, धामीनाइक, वैद्य आदिलाई उच्च दर्जाको मानिन्थ्यो । अरूको घरमा फलेकय फल र उत्पादन सम्मान स्वरूप दिनु पर्ने हुन्थ्यो । भाषा र व्यवहार दुवैमा सम्मान देखाउन पर्ने । त्यो अहिलेको भन्दा ठुलो वर्गीय स्वरूप थियो । प्रधानको घरको कुकुर नै प्रधान भन्ने उखानको सुरूवात यस्तैबाट भएको थियो ।

अर्को उदाहरण, घरमा ३/४ जना छोरा भएको एउटा परिवारमा अकस्मात घरमूली अर्थात् बाउको मृत्यु हुन्छ । संस्कार अनुसार धुनधानका साथ काजक्रिया सम्पन्न गरिन्छ र सबै खर्च चार भाग लगाइन्छ । ३ जना छोराले आºनै सञ्चितबाट उक्त खर्च समाधान गर्दछन् । तर एकजना भने गाउँको चक्रवृत्ति ब्याजमा सापट लिन बाध्य हुन्छ । कतै आºनै ३ जना मध्येबाट सापट लिन्छ । ब्याजको स्याज तिर्दा–तिर्दा उसको घर लिलाममा जान्छ । अनि एउटै परिवारका सन्तानबीच अकारण वर्ग सिर्जना हुन्छ ।

त्यस्तै एउटा शहरको सम्पन्न मानिसलाई अचानक कुनै ठुलो रोग लाग्दछ । अथवा कुनै दुर्घटनामा पर्दछ । अनि उसको उपचार कुनै निजी अस्पतालमा सुरू हुन्छ । उसले आफूसँग भएको नगदबाट खर्च सुरू गर्दछ । बैंकको सापट लिन्छ । भएको घर जग्गा धितोमा राख्दै जान्छ । यसको प्रत्यक्ष असर सन्तानको शिक्षा स्वास्थ्य र रोजगारमा पर्दछ । केही वर्षको अन्तरालमा उसको अचल सम्पत्ति बैंक वा साहुले लिलाम गर्दै जान्छ । शरीर उत्पादन गर्न असमर्थ हुदै जान्छ । परिवारको जीवनस्तर खस्कदै जान्छ । छरछिमेक र समुदायमा उनीहरूलाई हेर्ने दृष्टिकोणमा भिन्नता आउदै जान्छ । स्वयंमा पनि मनोबल घट्दै जान्छ । यसको मतलव त्यहा“ पनि वर्ग सिर्जना भयो ।

वर्तमान अवस्थामा बैंकहरू पनि वर्ग सिर्जनाका कारक हुन भन्न सकिन्छ । लघुवित्तहरू गाउ“–गाउ“ प्रवेश । छोटो समय र सानो परिमाणको सापटी तर चर्को ब्याज । उत्पादन र सुखका ठुला नारा । तर बजार खै ? प्रविधि खै ? जोखिम न्यूनिकरण कसरी ? नेपालकै धेरै सञ्चार माध्यमहरूले पटक–पटक प्रसारण गरेका छन् कि बैंक र लघुवित्तहरूले घरजग्गा लिलाम गर्दा परिवारको नै उठिवास भयो भनेर । यसले वर्ग मिलायो कि । वर्ग सिर्जना ग¥यो । एउटा घरमा व्यवस्थापन गरेर बसेको परिवार आज सडकमा आयो । अव उसको वर्ग कता गयो ?

अर्को यथार्थ, पुलिसको स्कुल पुलिसको अस्पताल, सेनाको स्कुल सेनाको अस्पताल, निजामतिको स्कुल, निजामतिको अस्पताल, अब हुदै गर्दा शिक्षकको स्कुल शिक्षकको अस्पताल, र नेता जतिको विदेश मै स्कुल र विदेश मै अस्पताल । यो के हो वर्ग निर्माण वा विनिर्माण ? यसले कस्को हित गर्दछ ? वर्ग विहिनताको नारा उराल्ने मानिसहरू पनि यसभित्र नै छन् । तर किन दोहोरो चरित्र ? बानेश्वरको सिभिल अस्पताल, छाउनीको सेनाको अस्पताल र त्यस्तै लैनचौरको पुलिसको अस्पताल बन्दै गर्दा बीर अस्पताल मर्न स्वभाविक होइन र ? किनकि त्यसको काम कुनै राम्रो नागरिककोे उपचार गर्न पर्ने होइन । गएगुज्रेका मानिसलाई जे गरे पनि हुन्छ रे ।

अर्को यथार्थ, पुलिसको स्कुल पुलिसको अस्पताल, सेनाको स्कुल सेनाको अस्पताल, निजामतिको स्कुल, निजामतिको अस्पताल, अब हुदै गर्दा शिक्षकको स्कुल शिक्षकको अस्पताल, र नेता जतिको विदेश मै स्कुल र विदेश मै अस्पताल । यो के हो वर्ग निर्माण वा विनिर्माण ? यसले कस्को हित गर्दछ ? वर्ग विहिनताको नारा उराल्ने मानिसहरू पनि यसभित्र नै छन् । तर किन दोहोरो चरित्र ? बानेश्वरको सिभिल अस्पताल, छाउनीको सेनाको अस्पताल र त्यस्तै लैनचौरको पुलिसको अस्पताल बन्दै गर्दा बीर अस्पताल मर्न स्वभाविक होइन र ? किनकि त्यसको काम कुनै राम्रो नागरिककोे उपचार गर्न पर्ने होइन । गएगुज्रेका मानिसलाई जे गरे पनि हुन्छ रे ।

एउटा असम्बन्धित कुरा पनि, विमानस्थलबाट कतै यात्रा गर्दै गर्दा साधारण र विशिष्ट प्रतिक्षालयको प्रयोग । तर विशिष्ट कक्षको प्रयोग के का आधारमा । सत्ताशिन दल, धनाढ्य, कुनै समय चुनाव जितेको, राजनीतिक र प्रशासनिक पहु“च आदि । त्यहा“ कुनै संक्रामक रोग, अशक्तता, तथा उमेरका कारण एकान्त र शान्तठाउ“ चाहिने आधारमा होइन । एकातिर रोगी अशक्त र वृध्दले सामुहिक बसाईमा पिडा भोग्दै अरूलाई पनि संक्रमित बनाउने सम्भावना छ भने अर्कोतिर विशिष्ट भनिएकाहरू सामाजिक घुलमीलबाट बञ्चित छन् । यो संस्कारले वर्ग सिर्जना गर्छ कि न्यूनीकरण ।

त्यसैले निजी स्कुलले सबै विगारे भनेर भाष्य सिर्जना गर्दै आफूलाई विशेष रूपमा प्रस्तुत गर्ने व्यक्ति वा निकायको एकांकीमा बग्ने प्रयास गरिरहे । उनीहरूको विचारमा, शिक्षा र स्वास्थ्य सबै जनताको मौलिक हक, राज्यको दायित्व, समानता, नेपालको संबिधानले दिएको अधिकार, सबै जनताको आ“खामा छारो हाल्ने काम । जनता ठगेर खाने काम । नारामा सीमित कुराहरू । भनाई र गराई उल्टो । संबिधानले भनेको सबैलाई समान । तर त्यही संबिधान अनुसार बनेको सरकारको काम नेता र ठुलाबडाको शिक्षा स्वास्थ्य सबै विदेशी महंगा स्कुल र अस्पतालमा, देशमा सेना, पुलिस, निजामति आदि सबैको शिक्षा र स्वास्थ्य फरक संस्थामा अनि आम नेपालीका लागि सञ्चालनमा आएका पुराना अस्पताल र शिक्षण संस्थाहरू धारासयी । त्यसैले शिक्षा र स्वास्थ्यमा गरिएको निजीकरण बन्द गर्नुपर्छ । यो निकै राम्रो कर्णप्रिय कुरा हो । तर कार्यान्वयन गर्न नसकिने । कितावको माछा खान नमिले जस्तै हो ।

बजारमा अर्को भाष्य छ, पू“जी पलायनको । अर्थात् कसैले विदेशमा लगानी गर्न पाउदैन । नाका बन्द गर्ने, मानिसलाई बन्देज गर्ने । यो त्यही कुराको सिको होइन र जुन २०४५ सालसम्म रहेको पञ्चायत शासनले नागरिकलाई विदेश जान रोक लगाएको थियो । कडाई गरेको थियो । आज उनीहरूलाई लाज लाग्दैन र वर्तमान अवस्थामा लाखौं नेपाली विदेशमा काम गर्दछन् । कमाउ“छन् । नेपालमा रेमिटेन्स पठाउ“छन् । त्यही रेमिट्यान्सबाट पहिले रोक लगाउनेहरू देश चलाउ“छन् । मोज मज्जा गरिरहेका छन् । के यींनीहरूले पढेका छैनन् होला र, भारतका टाटा विरलाले वेलायत र युरोपमा प्रख्यात स्टील उद्योगहरू चलाए । भारतलाई विश्वमा चिनाए । यसबाट कति नोक्सान गरे वा नाफा । वर्तमानमा नेपालका विनोद चौधरीले देशको पैसा चोरेर विदेशमा लगानी गरेर देशलाई कंगाल बनाउलान् वा विदेशमा गरेको कमाई देशमा ल्याएर अर्थतन्त्रलाई टेवा पु¥याउलान् ?

शिक्षाको मात्र कुरा गर्ने हो भने नेपालमा माओवादीका अध्यक्ष जतिको पछिल्लो पुस्तामा क्रान्तिकारी, समाजवादी र साम्यवादी सोच चिन्तन भएको नेता को होला र ! जसले नेपालमा राजतन्त्रको विरोध गरेर वर्गीय र जातिय विभेदको जगमा १० वर्ष विद्रोह गरे । सञ्चालनमा रहेको शिक्षालाई वुर्जुवा भने । जनवादी शिक्षाको नारा उराले । स्कुलमा पढ्दै गरेका बालबालिकालाई बन्दुक बोकाए । धनजनको क्षति भयो । खरबांैको विकास संरचना ध्वस्त भयो । १० वर्षे युद्धले देशको विकासलाई करिव ३० वर्ष पछाडि पारिदियो । तर तीनै प्रचण्ड परिवार शान्ति सम्झौतापश्चात् पारिवारिक सम्पन्नता तथा सुखसयलमा व्यस्त छन् । उनकै नाति महिनाको लाखांै रूपैया“ खर्च गर्नुपर्ने निजी स्कुलमा पढ्दै छन् रे । एउटा टेलिभिजन अन्तरवार्तामा यो प्रश्नको उत्तरमा उनलाई नातिलाई परिवारस“ग नजोड्न भनेर पन्छिएका छन् ।

शिक्षाको मात्र कुरा गर्ने हो भने नेपालमा माओवादीका अध्यक्ष जतिको पछिल्लो पुस्तामा क्रान्तिकारी, समाजवादी र साम्यवादी सोच चिन्तन भएको नेता को होला र ! जसले नेपालमा राजतन्त्रको विरोध गरेर वर्गीय र जातिय विभेदको जगमा १० वर्ष विद्रोह गरे । सञ्चालनमा रहेको शिक्षालाई वुर्जुवा भने । जनवादी शिक्षाको नारा उराले । स्कुलमा पढ्दै गरेका बालबालिकालाई बन्दुक बोकाए । धनजनको क्षति भयो । खरबांैको विकास संरचना ध्वस्त भयो । १० वर्षे युद्धले देशको विकासलाई करिव ३० वर्ष पछाडि पारिदियो । तर तीनै प्रचण्ड परिवार शान्ति सम्झौता पश्चात् पारिवारिक सम्पन्नता तथा सुखसयलमा व्यस्त छन् । उनकै नाति महिनाको लाखांै रूपैया“ खर्च गर्नुपर्ने निजी स्कुलमा पढ्दै छन् रे । एउटा टेलिभिजन अन्तरवार्तामा यो प्रश्नको उत्तरमा उनलाई नातिलाई परिवारस“ग नजोड्न भनेर पन्छिएका छन् । २०४५/४६ सालको खुलापनले निजी स्कुलहरूको ढोका खोल्नभन्दा पहिले नेपालको हुनेखानेहरूले भारतको दार्जिलिङ, दिल्ली, नैनिताल जस्ता छिमेकी शहरहरूमा आºना सन्तानपढाउने गरेका थिएनन् र ? त्यसवेलामा एकै खालका नागरिक बन्थे र ? विदेशमै पढेकाहरू फर्केर नेपाल आएर पढ्न नपाएका वा नेपालमै पढेकाहरूसँग बराबर भएका थिए होला र ? वर्तमानको विश्वव्यापिकरणको समयमा उत्तर कोरियाको बन्दिकरण वा लुकिछिपिको नीतिले कामगर्ला र ? मानिसहरूलाई सबै ठाउ“मा सधैंभर थुनेर राख्न सकिएला र । यस्तो नारा उचाल्नेले एकपटक यो पनि अध्ययन गर्नै पर्ने हो ।

अब विश्वका विकसित देश, खुशी देश र त्यहा“को शिक्षा प्रणालीको कुरा गरौं । अमेरिकालाई हेरौं । युरोपियन देशहरूलाई हेरौं । विश्वमा समाजवादी कम्युनिष्ट देश भनेर चिनिएको चीनलाई हेरौं, क्युवालाई हेरौं । मौलिक अधिकारको कोणबाट हेरौं । देशको अर्थतन्त्रलाई हेरौं । अर्थतन्त्र र शिक्षाको परस्पर सम्बन्धलाई हेरौं । सम्भावनालाई हेरौं । हालै प्रसारणमा आएको श्रीलंकाको समाचारलाई सुनौं । शिक्षालाई एकांकीबाट हेर्ने कि समग्रतामा हेर्ने । पहिले आºनो दृष्टिकोणलाई स्पष्ट पारौं ।

जहा“सम्म निजी तह र तप्काबाट सञ्चालित संस्थाहरूले वर्ग जन्माए वा धनी र गरीब वर्ग जन्माए । मलजल गरे । खाडल बढाए । भन्ने भाष्य बजारमा चलाइएको छ । एउटा वर्ग र समूहले यसैको खेति गरिरहेको छ । स्वयं त्यही समूहको वर्ग विवेचना गरौं । उनीहरूले के गरेकय छन् । हिजो कुन वर्गमा थिए । के के काम र पेसा गरे । आज कुन वर्गमा छन् । भन्छन् के ? गर्छन के ? यीं दुई बीचको अन्तर पत्ता लगाऔं । बस् यस प्रश्नको छोटो उत्तर यहिबाट प्राप्त हुनेछ ।

विश्वमा विकसित देश, धनी देश, कम्यूनिष्ट शासनप्रणाली भएका देश, वा प्रजातान्त्रिक देश आदि धेरै भाष्यहरू बजारमा छन् । यसलाई भजाउने धेरै नागरिक बजारमा छन् । कम्युनिष्ट देशको कुरा गर्ने हो भने विश्वको दोस्रो अर्थतन्त्रको ताज पहिरिएको चीन एक कम्युनिष्ट देश हो । यसमै पहिचान बनाएको छ । तर सुइ शासक(Sui Dynasty, 581-618), को पालामा निजी स्कुलहरू सञ्चालनमा थिएनन् । त्यो समय मानवताले भरिपूर्ण तर वर्ग भएको समाज नै थियो । सन् १९१२ मा सनयात्सेन पहिलो राष्ट्रपति बन्दा पनि त्यहा“ संस्थागत स्कुल अहिलेको अवस्थामा थिएनन् र सन् १९४९ मा जनगणतन्त्र घोषणा भएको वेलामा पनि शिक्षाको अवस्था अहिलेको जस्तो थिएन । तर अहिले मस“ग एउटा ज्वलन्तप्रमाण छ कि, मेरो एकजना अमेरिकन साथी चीनको राजधानी बेईजिङमा रहेका नागरिकका बालबालिकालाई अंगे्रजी भाषा कक्षा पढाउनुहुन्छ । त्यसमा ४ वर्षदेखि १५ वर्षसम्मका छन् । हप्तामा दुई दिन आधा–आधा घण्टाको कक्षाका लागि उनीहरू मनग्य रकम तिर्छन् । उनीहरू त्यहा“ निजी स्कुलमा पढ्छन् । यसबाट प्रष्ट हुन्छ कि, त्यहा“ पनि दुई खाले स्कुलहरू छन् । मानिसहरूको मोह राम्रो शिक्षा दिने स्कुलतिर छ । निजी स्कुलहरूले तुलनात्मक रूपमा राम्रो शिक्षा दिने प्रयास गरिरहेका छन् । उनीहरूका बालबालिका त्यहा“को निजी र सरकारी दुवै खाले स्कुलमा पठाइएको छ । यहा“बाट के प्रष्ट हुन्छ भने भाषा, सीप र क्षमताका हिसावले धेरै अवसर पाएका र कम अवसर पाएका बालालिकाबीच फरक हुन्छ नै । चिनियाँ बालबालिकामा पनि त्यो हुने नै छ । तर त्यो कम्युनिष्ट देशले किन रोकेन वा रोक्न सकेन । मलाई लाग्छ चीनले व्यक्ति र राष्ट्र दुइटै मिलेर देश बनाउदै छ । समृध्दि हा“सिल गर्न खोज्दै छ । आम नागरिकलाई आधाभूत आवश्यकताबाट मुक्त गर्दै छ । जुनकुरा एक्लै सम्भव छैन । सबैलाई एउटै बोरामा राखेर मुख बा“ध्दैमा समानता आउदैन भन्ने कुरा चिनिया“हरूलाई राम्रोस“ग थाहा छ ।

क्युवाको शहरी भागमा बसोबास गर्ने एकजना नागरिकले आºनो छोरीलाई सरकारी सामुदायिक विद्यालयमा पढाउछिन् । उनको छोरी अंग्रेजी, गणित र विज्ञानजस्ता विषयमा कमजोर छिन् । त्यसैले उनले एउटा निजी शिक्षण संस्थामा कार्यरत शिक्षकस“ग हप्ताको २ दिन अतिरिक्त कक्षाको व्यवस्था गरेकी छिन् र यसका लागि थप शुल्क तिर्ने गरेकी छिन् । यो निजी संस्थाले विगत २० वर्षदेखि बालबालिकालाई अंग्रेजी सिकाउदै आएको छ । यो समाचार यति मै रोकिदैन र थप लेखिएको छ कि क्युवामा निजी स्कुलहरू जनता सामु लोकप्रिय हुदैछन् । विद्यार्थी संख्या बढ्दै छ । मानिसहरू विभिन्न सिप र शिक्षाका लागि निजी संस्थाहरूप्रति आकर्षित छन् ।

विश्वमा स्थापित कम्युनिष्ट राष्ट्रको रूपमा रहेको फिडेल क्यास्ट्रोको देश क्युवाको कुरा गरौं । कम्युनिष्ट देश हो । साम्यवादतिर लम्किएको देश हो । अमेरिकाको छेउमै रहेर उसको सामाज्यवादलाई घु“डा टेकाएको देश हो । विश्वव्यापी मानवता र समानतालाई प्राथमिकतामा राख्ने कम्युनिष्ट देश । शिक्षा र स्वास्थ्यलाई पक्कै मौलिक अधिकारमा राखेको होला । किनकि नेपाल जस्तो विकाशशील देशले त मौलिक अधिकारका रूपमा किटान गरेको छ । यद्यपि उनीहरूलाई थाह छ कि नेपालको अर्थतन्त्र र नेताहरूको नियतिका कारण यो कुरा सम्भव छैन । यसरी एउटा विश्वचर्चित कम्युनिष्ट देशले शिक्षालाई कसरी व्यवस्थापन गरेको छ भन्ने कुरा एउटा लेखले प्रष्टयाउ“छ कि,
एउटा पत्रिका (https://www.aljazeera.com/author/ivet_gonzalez_20131230142857403483) df Ivet Gonzalez लेख्छन्, क्युवाको शहरी भागमा बसोबास गर्ने एकजना नागरिकले आºनो छोरीलाई सरकारी सामुदायिक विद्यालयमा पढाउछिन् । उनको छोरी अंग्रेजी, गणित र विज्ञानजस्ता विषयमा कमजोर छिन् । त्यसैले उनले एउटा निजी शिक्षण संस्थामा कार्यरत शिक्षकस“ग हप्ताको २ दिन अतिरिक्त कक्षाको व्यवस्था गरेकी छिन् र यसका लागि थप शुल्क तिर्ने गरेकी छिन् । यो निजी संस्थाले विगत २० वर्षदेखि बालबालिकालाई अंग्रेजी सिकाउदै आएको छ । यो समाचार यति मै रोकिदैन र थप लेखिएको छ कि क्युवामा निजी स्कुलहरू जनता सामु लोकप्रिय हुदैछन् । विद्यार्थी संख्या बढ्दै छ । मानिसहरू विभिन्न सिप र शिक्षाका लागि निजी संस्थाहरूप्रति आकर्षित छन् ।

यसै गरेर अर्को कम्युनिष्ट देश भेनेजुयलाको कुरा गरौं । विश्वमा वामपन्थी भनेर चिनिएको यो देशमा निजी वा संस्थागत स्कुलहरूको राम्रो उपस्थिति छ । राज्यको शिक्षा प्रणालीले स्थान दिएको छ । सामुदायिक स्कुल सरह मान्यता पाएका छन् । विद्यार्थीहरूको संख्या बढ्दो छ भने औसत उपलव्धि स्तर पनि तुलनात्मक रूपमा राम्रो छ । (-https://education.stateuniversity.com/pages/1663/Venezuela-EDUCATIONAL-SYSTEM-OVERVIEW.html उदाहरणका लागि Colegio Internacional de Caracas (CIC) स्कुल १८९६ मा स्थापना भएको ईतिहास छ । त्यस यता देशमा राजनीतिक र प्रशासनिक परिवर्तनहरू भएका छन् । तर देशमा निजी शिक्षाको अस्तित्व, विकास र योगदान निरन्तर छ ।

निचोड

यसको मतलव संस्थागत स्कुलहरू र सञ्चालकहरूलाई छाडा छाडौं भन्ने कदापि होईन । तीं संस्थाहरू भित्र भएको व्यापारिकरणलाई रोक्नु सरकारको दायित्व हो । यसका विरूध्द सबैजनाले आवाज उठाउनु पर्छ । सेवामुखी हुन वाध्य बनाउनु पर्छ । नियमन र नियन्त्रण तथा आवश्यक मात्रामा सहजीकरण गर्नु सरकारको दायित्व हो । शिक्षालाई सेवामुखी उद्योगका रूपमा विकास गर्न सकेमा नै देशको अर्थतन्त्रलाई टेवा मिल्ने छ । देशमा रोजगारीको अवसर सिर्जना हुनेछ । परम्परा र संस्कृतिको जगेर्ना पनि हुनेछ । तर निजी स्कुलहरू बन्द गरेर सरकारले हरेक नागरिकलाई शिक्षा र स्वास्थ्यका चक्कीहरू निःशुल्क रूपमा घरघरमा वितरण गर्नुपर्छ भन्ने वर्तमानको केही मानिसहरूको भाष्य उग्रपन्थको अलमल बाहेक केहीहुन सक्दैन ।

त्यसैले निषेध होइन–सहकार्य र सहअस्तित्व । खण्डिकृत होईन–एकिकृत । एकल होईन–समूह । बन्दिकृत होईन–खुलापन र योजनावद्ध प्रतिस्पर्धा ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको