७ जेष्ठ २०७९, शनिबार

मध्यपश्चिमको दीक्षान्त समारोह स्थगित



सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको छ ।

यही १६ चैतका लागि निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेलले दीक्षान्त समारोह स्थगित भएको जानकारी दिए ।

विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह असार २०७४ मा सम्पन्न भएको थियो ।

त्यसयता विश्वविद्यालयले दीक्षान्त समारोह सञ्चालन गर्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको