७ जेष्ठ २०७९, शनिबार

आयोगद्वारा ६७६ निर्वाचन अधिकृत नियुक्त, २९ गतेदेखि जिम्मेवारी सम्हाल्ने



काठमाडौं । आगामी ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतस्तरका ६ सय ७६ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको हो ।

आगामी २९ चैतदेखि जिम्मेवारी लागु हुनेगरी न्यायाधीशलगायत ६ सय ७६ जनालाई नियुक्त गरिएको आयोगले जनाएको छ । ‘निर्वाचन अधिकृतमा नियुक्त कर्मचारीको कार्यरत कार्यालयको ठेगना सरुवा वा अन्य कुनै कारणले फरक परेको भए हाल कार्यरत कार्यालयले नै व्योहोरा अवगत गरी खटाई पठाईदिन’समेत आयोगले निर्देशन दिएको छ ।

यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन व्यवस्थापन अभिमुखीकरण तालिमका लागि ३० चैत गते विराटनगर, धुलिखेल, पोखरा, नेपालगञ्ज तथा २ वैशाखमा जनकपुर, हेटौंडा, वुटवल र धनगढीमा तालिमको कार्यक्रमसमेत तय गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको