चेक रिपब्लिकमाथि स्विडेनको जित
एजेन्सी । कतार विश्वकप छनोटको प्ले अफमा चेक रिपब्लिकलाई १(० ले हराउँदै स्वीडेन फाइनल प्रवेश गरेको छ । गएराति भएको खेलमा घरेलु टोली चेक रिपब्लिकलाई हराउन स्विडेनले अतिरिक्त समयसम्म संघर्ष गरेको थियो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि अतिरिक्त समयमा धकेलिएको खेललाई रोबिन क्वाइसनले गोल गर्दै स्विडेनको पक्षमा पारे ।
स्विडेनले अब फाइनलमा पोल्यान्डलाई जिते विश्वकपमा छनोट हुने छ । पोल्यान्ड भने रसियासँगको खेल रद्द भएपछि सिधै फाइनलमा पुगेको हो ।