१५ जेष्ठ २०७९, आईतवार

एमाले स्थानीय तहका उम्मेदवार छनोटका ६ मापदण्ड




काठमाडौं । नेकपा(एमाले)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्न ६ वटा मापदण्ड बनाएको छ । एमालेको बिहीबार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको उम्मेदवार छनोटका लागि ६ ओटा मापदण्ड तय गरेको हो ।

स्थानीय तह उम्मेदवारका लागि पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता, विकास र सुशासन प्रतिको दृष्टिकोण, सन्तुलन र समावेशितालाई ध्यानमा राख्दै उम्मेदवार चयन गर्ने निर्णय गरिएको नेकपा(एमाले) प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको