१४ फाल्गुन २०७७, शुक्रबार

राष्ट्रिय क्रिकेट खेलाडी ललितको स्वास्थ्य अवस्था सामान्य



२९ भाद्र, काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारीको स्वास्थ्य अवस्था समान्य अवस्थामा फर्किएको छ ।

आइतबार मोटरसाइकलमा धनगढीबाट मेहन्द्रनगर जाँदै गर्दा विपरित दिशाबाट आएको ट्रकले ठक्कर दिदा भण्डारी र करण ठगुन्ना घाइते भएका थिए ।

घाइते भण्डारी र ठगुन्नाको शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो । त्यसपछि धनगढीको निसर्ग अस्पतालमा थप उपचारपछि आइतबार नै भण्डारीलाई नेपालगञ्जको कोलहपुर मेडिकल कलेज रिफर गरिएको थियो ।

अहिले कोहलपुर मेडिकल कलेजमा उपचाररत भण्डारी खतरामुक्त रहेको राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर पारस खड्काले जानकारी दिएका छन् । सामाजिक सञ्जालमा पारसले लेखेका छन्, ‘ललित भण्डारी अहिल कोहलपुर मेडिकल कलेज हस्पिटलमा छन् र उनको कन्डिसन स्टेबल छ । उनि अहिले खतरामुक्त छन् । डाक्टरको भनाइअनुसार हात र खुट्टाको अपरेशन गर्नुपर्नेछ ।’

नेपाल क्रिकेट संघ (क्यान)ले पनि खेलाडी भेण्डारीको टाउकोमा सिटीस्क्यान गरेर हेर्दा कुनै चोट पटक नलागेको पाइएको जनाएको छ ।

यो पनि पढ्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु