८ जेष्ठ २०७९, आईतवार

ओलीले देखेका एमाले विजयका १८ आधारहरू



काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँमा सुरु केन्द्रीय कमिटी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

विभिन्न पाँच बुँदामा समेटिएको उक्त प्रतिवेदनमा ओलीले आगामी स्थानीय तह निर्वाचनमा एमाले एक्लैले जित निकाल्ने दाबी गरेका छन् ।

उनले स्थानीय तह निर्वाचनमा जितका लागि एमालेसँग पर्याप्त आधार रहेको पति बताएका छन् ।

“यस निर्वाचनमा हामीसँग जीतका पर्याप्त आधार छन् । हाम्रो पार्टीप्रतिको जनविश्वास दिनप्रतिदिन बढ्दै जानु नै मुख्य आधार हो,” उनले भनेका छन्,“पाँच दलीय गठबन्धनका काराण नेकपा (एमाले) डरायो भन्ने मनोवैज्ञानिक प्रभाव पार्न खोजिएको छ । तर, मोर्चा सामथ्र्यको प्रतिक होइन, कमजोरीको द्योतक हो । हामीसँग जितका पर्याप्त आधार छन् । घेराबन्दी, आक्रमण र दुष्प्रचारबीच हामी जित निकाल्छौँ ।”

यस्ता छन् ओलीले उल्लेख गरेका विजयका आधार

  • पार्टी सही सिद्धान्त, कार्यदिशा, नीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा
  • राष्ट्रिय स्वधीनता, भौगोलिक अखण्डता, स्वभिमान र राष्ट्रिय हितको पक्षमा खेलेको प्रभावकारी भूमिका, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिवृद्धिका लागि गरेको असाधरण योगदान
  • केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दा विकास र समृद्धिका क्षेत्रमा खेलेको महत्वपूर्ण भूमिका प्राप्त गरेका उपलब्धि र तिनले समाजमा ल्याएको परिवर्तन
  • स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन पार्टीले २०४७ सालदेखि नै खेलेको भूमिका स्थानीय स्वायत्त शासनको अवधारणा (२०५४) र स्थानीय तहदेखि नै महिला र दलितको समावेशिताका लागि पार्टीको भूमिका
  • राज्यका हरेक अंगमा न्यूनतम एकतिहाइ महिला सहभागिताका लागि पार्टीको नेतृत्वदायी योगदान
  • नेपालको संविधान निर्माणका क्रममा तीन तहको संघीय ढाँचा र स्थानीय तहलाई संवैधानिक प्रत्याभूति दिन पार्टीले खेलेको भूमिका स्थानीय तहलाई प्रदेशको तजबिजी अधिकारभित्र राख्न विभिन्न दलबाट प्रकट भएका हानिकारक प्रस्तावको प्रतिवाद
  • नेकपा (एमाले) नेतृत्वको सरकारले स्थानीय तहलाई प्रभावकारी बनाउन गरेको वित्तीय, कानुनी र प्रशासनिक योगदान
  • प्रत्येक पालिकामा आधारभूत अस्पताल, प्रशासनिक भवन, प्रत्येक पालिका केन्द्र जोड्ने सडक, प्रत्येक निर्वाचन क्षेत्र जोड्ने रणनीतिकलगायत कार्यक्रम
  • तराईका जिल्लामा सघन सहरी विकास कार्यक्रम र तराई–मधेस समृद्धि कार्यक्रममार्फत् गरिएको लागानी एवम् सुनकोसी मरिन र भेरी बबई डाइभर्सन जस्ता रुपान्तरणकारी योजनाको थालनी
  • एक घर एक धारा, खरको छाना विस्थापन, भूमिहीनलाई आवासलगायत सरकारका जनमुखी कामहरु
  • सरकार परिवर्तन हुनासाथ स्थानीय तहलाई प्रदेशको तजबिजमा राख्न चलाइएको असंवैधानिक प्रयासलाई निष्फल पार्न पार्टीको भूमिका
  • पार्टीले विजय हासिल गरेका स्थानीय तहमा हासिल उपलब्धि र महत्वपूर्ण काम
  • भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, जयनगर–जनकपुर–कुर्था, पूर्व–पश्चिम रेलमार्ग निर्माणलगायत पूर्वाधार विकासमा दुरगामी महत्वका रणनीतिक योजनाहरुको थालनी
  • संघीय संरचना र नयाँ प्रणालीको संस्थागत विकासका लागि गरिएका योजनाबद्ध कामहरु, मौलिक हकको व्यवहारिक कार्यान्वयनका लागि नयाँ कानुनहरुको निर्माण
  • नेकपा (एमाले) नेतृत्वको सकारले सुरु गरेको सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै नागरिकको जीवनचक्रमाथि आधारित सामाजिक सुरक्षाको अवधारणा विकास, स्वास्थ्य बीमा योगदानमाथि आधारित सामाजिक सुरक्षालगायत महत्वपूर्ण कामहरुको थालनी
  • महामारी र प्राकृतिक विपत्तिका विरुद्ध हाम्रो सरकारले खेलेको प्रभावकारी भूमिका
  • भूकम्पपछिको पुनर्निर्माणमा सरकारले हासिल गरेको असाधारण सफलता
  • सिके राउत समूह र विप्लव समूहसँग वार्ता, पृथकतावादको अन्त्य र हिंसाको शान्तिपूर्ण अवतरणजस्ता राजनीतिक समस्याको समाधानका ठुलो सफलता, आदि ।

प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको