७ जेष्ठ २०७९, शनिबार

एकीकृत समाजवादीले कर्णाली १० जिल्लामा नै खटायो चुनावी कमाण्डर




सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली १० वटै जिल्लामा स्थानीय तहको चुनावलाई लक्षित गर्दै चुनावी कमाण्डर खटाएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चुनावी कमाण्डर खटाएको हो ।
स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय सभा सदस्य नन्दा शर्मा सल्यान, ठगेन्द्रप्रकाश पुरी सुर्खेत, कृष्णबहादुर विसी जाजरकोट, कुर्मराज शाही कालिकोट, गोपाल बम मुगु, चन्द्रबहादुर शाही हुम्ला, शेरबहादुर केसी रुकुमपश्चिम, हंशबहादुर शाही डोल्पा, अम्मरबहादुर थापा दैलेख र देविलाल थापा जुम्ला जिल्लाको कमान्ड गर्नेगरी जिम्मेवारी तोकिएको एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य ठगेन्द्रप्रकाश पुरीले जानकारी दिए ।
‘जनतामा जाऔं, एकीकृत समाजवादीलाई जिताऔं’ भन्ने नाराका साथ उनीहरु गाउँगाउँमा पुग्ने एकीकृत समाजवादीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको