७ जेष्ठ २०७९, शनिबार

गधामा चढाएर ज्वाइँलाई घुमाइन्छ पुरै गाउँ, बेइज्जत हुने डरले ज्वाइँहरु भागाभाग



एजेन्सी । गद्या सवार ज्वाइँ पुरै गाउँ घुम्ने अनौठो परम्परा हाम्रै छिमेकी देश भारतमा रहेको छ । भारतको महाराष्ट्र राज्यको बीड जिल्लामा ज्वाइँलाई गधाको सवारी गराइन्छ र उनले पुरै गाउँको परिक्रम गर्नु पर्दछ । यो अनौठो परम्पराको पछाडि एक रोचक किंबदन्ती छ ।

बीड जिल्लामा करीब ८० वर्ष पहिलेको किंबदन्तीका अनुसार येवता नामक गाउँको देशमुख जातिको परिवारले एकपटक होलीमा रंग लगाउन इन्कार गरेका थिए । उक्त परिवारले आफ्ना ज्वाइँलाई डाकेर गधालाई फुलले सजाएर रंग लगाई त्यसमाथि ज्वाइँलाई चढाएर गाउँ घुमाए । सोही दिनदेखि त्यस स्थानमा होलीको दिन ज्वाइँ खोजेर गधामा चढाई गाउँ घुमाउने परम्परा बस्यो ।

यहाँ आजभोलि पनि होलीमा ज्वाइँहरुको खोजी कार्य शुरु हुन थालेको छ । ससुरालीको फन्दामा परिने डरले होली अगावै ज्वाइँहरु गाउँबाट भाग्ने गरेका छन् । ज्वाइँहरु नभागुन् भनेर ससुरालीले होली आउनु केही दिन अघिदेखि ज्वाइँको पहरेदारी गर्न थाल्छन् ।

यो ठाउँमा गधामा बसेर गाउँ घुमाउने कुनै लाजमर्दो कुराभन्दा पनि परम्परासँग जोडेर हेर्ने गरिन्छ । त्यसो त कतिपय अवस्थामा त ज्वाइँले सुनको औंठी पनि उपहारमा पाउँछन् । त्यति मात्र होइन उनलाई मन्दिरमा लगेर आरती पनि उतारिन्छ । त्यसका साथै गधालाई सजाएर माला लगाई तयार गर्ने चलन छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको