३० आश्विन २०७८, शनिबार

कोरोनाका कारण ४ को मृत्यु, ५ सय २५ नयाँ संक्रमित थपिए



२९ साउन, काठमाडौं । गएको २४ घण्टामा मुलुकभर ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहिबार थप ५ सय २५ नयाँ संक्रमित थपिएको जानकारी दिए ।

आज थपिएका ५ सय २५ सहित मुलुकभर संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विगत २४ घण्टा भित्र निको भएका १०९ सहित हालसम्म १६ हजार ८ सय ३७ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

गएको २४ घण्टामा मुलुकभर ९ हजार बढिको पिसिआर परिक्षण भएको छ । हालसम्म ४ लाख ८३ हजारको पिसिआर परिक्षण भएको छ ।

विगत २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । मोरङका ५७ वषीय पुरुषको कोशी अस्तपतालमा, महोत्ततरीका ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा धनुषाकी ८५ वर्षीया वृद्धाको विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र अछामका १८ वर्षीय युवाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्टानमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

आज मृत्यु पुष्टि भएका ४ जनासहित कोरोना संक्रमणले मुलुकभर ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । मृतक मध्ये ७३ जना पुरुष र २२ जना महिला छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको