पार्टीले पत्यायो भने स्थानीय निर्वाचनमा पुनः लड्न सकिन्छः धीरबहादुर विष्ट
कर्णाली प्रदेशको दुर्गम जिल्ला कालीकोटको नरहरिनाथ गाउँपालिकाको सम्भावना, चुनौती, विकास, निर्माण शिक्षा, स्वास्थ्य र स्थानीय तह निर्वाचनका सम्बन्धमा पालिका अध्यक्ष धीरबहादुर विष्टसँग रारापाटी डटकमले गरेको अन्तरवार्ताः
यहाँको गाउँपालिकामा विकास निर्माणका काम कसरी अगाडि बढेका छन् ?
हामीले यस नरहरिनाथ गाउँपालिकामा स्थानीय तहको निर्वाचन हुनुभन्दा अगाडि यहाँका नागरिकसँग केही न केही विकास निर्माणका विषयमा बाचा गरेका थियौं । हामीले चुनावी घोषणा–पत्र जारी गरेका थियौं । गाउँपालिकामा सडक निर्माण गर्नेछौं । बिजुली बाल्नेछौं । खानेपानी पुर्याउने छौं । शिक्षामा सुधार गर्नेछौ । कृषि र स्वास्थ्यमा सुधार गर्नेर्छौ भनेर बाचा गरेका थियौं ।
यो नरहरिनाथ गाउँपालिका एकातिर भौगोलिक रूपमा विकटता भएको गाउँपालिका हो । सडकको पहुँच बाहिर थियो । अहिले लालीघाटदेखि गाउँपालिकाको केन्द्र कुमालगाउँसम्म गाडी पुगेको छ । खुलालुदेखि रुप्सासम्मको सडक निर्माणाधिन अवस्थामा रहेको छ । खुलालुदेखि लालुसम्म अहिले सवारी साधन चल्न सुरु गरेको छ । गाडी चढ्ने नागरिकको सपना पुरा भएको छ । अर्कोतिर खानेपानीका ‘एक घर एक धारा’ निर्माण गरिएका छन् । यस गाउँपालिकामा ४ हजार ३ सय ९२ घरधुरी रहेका छन् । तीमध्ये लगभग तीन हजार घरमा एक घर एक धारा निर्माण भएका छन् । हाम्रो स्थानीय सरकार र हेल्भेटासको सहयोगमा यी धारा निर्माण भएका हुन् ।
अर्को काम सिंचाई कुला र अन्य विकास निर्माणका धेरै काम भएका छन् । एकातिर २९ वर्ष ढिलो गरी काम सुरु भएको अर्कातिर माओवादी जनयुद्धको कारणले गर्दा र पञ्चायतमा विवादको कारणले गर्दा सुनथराली विमानस्थल निर्माणमा ढिलाई भयो । अहिले स्थानीय सरकार आएपछि ठेक्का प्रक्रियामा गएर विमानस्थलको रिपिटर टावर, सुरक्षाकर्मी बस्ने घर, घेरवार र कालोपत्रे गर्ने काम भइरहेको छ ।
यहाँको गाउँपालिकामा कोरोना महामारीको अवस्था कस्तो रहेको थियो । यसको रोकथाम र नियन्त्रणका लागि के काम गर्नुभएको थियो ?
हामीले कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि ठुलो व्यायभार व्यहोर्नु पर्यो । कोरोना महामारी सुरु भएपछि स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, कार्यपालिका बसी सकेपछि कोरोना संक्रमित भएका नागरिकलाई गाउँपालिकामा भित्र्याउनु हुन्न भने । हामीले गाउँपालिका सामुदायिक विद्यालयहरूमा राख्ने योजना बनाएका थियौं । आँखिर अवस्थामा नागरिक र हामीले मानेनौं । अलग ठाउँमा क्वारेन्टिन निर्माण गर्यौं । खुलालुमा क्वारेन्टिन निर्माण गर्यौं । मान्मको रहेका होटेलहरू भाडामा लिएर राख्यौं । त्यहाँ नागरिकहरू सुरक्षित भएर बसेँ । यहाँ कोरोनाको महामारी त्यति फैलन पाएन । कोरोना महामारीका कारणले हाम्रो गाउँपालिकामा मानविय क्षति भएन । यहाँबाट बाहिर गएका एक दुई जना नागरिकको ज्यान गएको छ । यहाँ गाउँपालिकाभित्र मानविय क्षति केही भएन् ।
यहाँले निर्वाचनका बेला नागरिकबीचमा गरेका बाचा तथा प्रतिवद्धता के कति पुरा गर्न सक्नुभयो । तीमध्ये महत्वपूर्ण काम के–के हुन् ?
शैक्षिक सुधारका काम पनि भएका छन् । यहाँका नागरिकका छोराछोरीलाई नपढाएर कयौं शिक्षक–शिक्षिकाहरुले ठगठाक गर्ने, नपढाउने काम गरेका थिए । त्यसलाई बन्द गरेर अनिवार्य तथा आधारभूत शिक्षा लागु गरेका छौं । शिक्षाका हिसावले हाम्रो गाउँपालिका राष्ट्रिय स्तरमा सातौं स्थानमा परेका छ ।
हामीले जे बाचा गरेका थियौं तीमध्ये करिब करिब पुरा गरिसकेको छौं । यहाँ १५ शैयाको अस्पताल थियो । त्यसको काम अगाडी बढेको छ । गाउँपालिकाको भवन निर्माण भइरहेको छ । धाचुखोला जलविद्युत आयोजना पास भएको छ । कार्यान्वयनमा आएको छैन । अर्कोतिर राष्ट्रिय विद्युत्को प्रसारण लाइन पनि जोड्ने तयारी छ । नयाँ वर्षमा यो काम पनि पुरा हुन्छ । शैक्षिक सुधारका काम पनि भएका छन् । यहाँका नागरिकका छोराछोरीलाई नपढाएर कयौं शिक्षक–शिक्षिकाहरुले ठगठाक गर्ने, नपढाउने काम गरेका थिए । त्यसलाई बन्द गरेर अनिवार्य तथा आधारभूत शिक्षा लागु गरेका छौं । शिक्षाका हिसावले हाम्रो गाउँपालिका राष्ट्रिय स्तरमा सातौं स्थानमा परेका छ । यहाँ पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बोलाएर अनिवार्य आधारभूत शिक्षा कार्यक्रमको उद्घाटन गरेका थियौं । कयौं शिक्षक–शिक्षिकाहरु काठमाडौं बसेर तलब खाने गरेका थिए । उनीहरूको तलव काटेर नियमित विद्यालयहरूमा हाजिर गरायौं ।
यहाँ गाउँपालिकामा बाढीपहिरोका कारणले धनजनको क्षति हुनुका साथै मानविय क्षति पनि भएको थियो । त्यसको स्थानान्तरण कसरी गर्नु भएको छ ?
गत साल साउन १३ र १४ गते हाम्रो गाउँपालिकामा आएको बाढीपहिरोले ठुलो धनजनको क्षति गर्यो । ३० जनाको ज्यान गयो । गाईवस्तुको क्षति भयो । घरहरू भत्किए । वडा नं. ४ र ७ को बस्तीहरूलाई ठुलो क्षति भयो । एकै घरका सात जनाको ज्यान गयो । खोलामा बगेर एकै परिवारका चार जनाको ज्यान गयो । कयौैंका घर बगे । अहिले हामीले एकीकृत बस्तीका रूपमा विकास गरेका छौं । सुन्दर बस्ती नाम राखेर वडा नं.४ र ७ को बस्ती एकै ठाउँमा १५१ नमूना घर निर्माण गरेर बस्ती बसालेका छौं । दुई वटा विद्यालयलाई एकै ठाउँमा गाभेर दीपेन्द्र माध्यामिक विद्यालय निर्माण गरेका छौं । अन्य बाढीपीडितलाई पनि बनाउने व्यवस्था गरेका छौं ।
यस गाउँपालिका मुख्य समस्या र चुनौतीहरु के देख्नुहुन्छ ?
यस गाउँपालिकाको सबभन्दा पहिलो समस्या भौगोलिक विकटता हो । ठुल्ठुला पहाड र चट्टानहरू रहेका छन् । विकास निर्माणमा यी समस्यासँग हामीले लडेर भिडेर विकास निर्माणका काम अगाडि बढाएका छौं । अर्कोतिर विकास गर्नुपर्छ भन्ने नागरिक चाहना त हुन्छ । सडक आकासबाट आउँदैन त्यो आउने भनेको जमिनबाट नै हो । त्यो सडक निर्माण गर्दा कसैको नीजि जग्गामा सडक जानुपर्ने हुन्छ । त्यो बेला नागरिकहरूले हाम्रो जग्गा गयो भनेर अवरोध हुने गरेको छ । खानेपानी, सिंचाई, सडक निर्माण गर्दा नागरिकको जग्गामा मिचिने हुन्छ । त्यो बेला नागरिकले कहिलेकहिँ अवरोध गर्ने गरेका छन् । तर, विकास निर्माणको काममा नागरिकहरूले अवरोध गर्ने गरेका छैनन् । सबै राजनीतिक दलहरूको सहयोगले अहिले त्यो काम भइरहेको छ ।
यहाँको गाउँपालिकाको विकास निर्माणका लागि यहाँले कसरी प्राथमिकता निर्धारण गर्नु भएको थियो ?

भारी बोकेर कुनै सामानको ढुवानी गर्र्नुपर्ने अवस्था रहेको छ । अहिले नागरिकहरुको भारी बोक्ने वाध्यता हटेको छ ।नहरिनाथको मुल ढोकाका रूपमा रहेको खुलालुको पक्की पुल २०६७ सालदेखि बन्न सकेको थिएन । हामी निर्वाचित भएपछि हामीले कन्काई जेभी ठेकेदारलाई समायौं । अहिले त्यो पुल निर्माणको काम पुरा भएको छ । पहिला फेरीबाट समान ल्याउनु पर्ने र गाडी तार्नु पर्ने अवस्था थियो । अहिले त्यसको अन्त्य भएको छ ।
हामीले मुख्य प्राथमिकताका विषय सडक, खानेपानी, सिंचाई, शिक्षा, विद्युत् हुन् । सडक नबनेसम्म कुनै चिजको विकास हुँदैन रहेछ । भारी बोकेर कुनै सामानको ढुवानी गर्र्नुपर्ने अवस्था रहेको छ । अहिले नागरिकहरुको भारी बोक्ने वाध्यता हटेको छ ।
नहरिनाथको मुल ढोकाका रूपमा रहेको खुलालुको पक्की पुल २०६७ सालदेखि बन्न सकेको थिएन । हामी निर्वाचित भएपछि हामीले कन्काई जेभी ठेकेदारलाई समायौं । अहिले त्यो पुल निर्माणको काम पुरा भएको छ । पहिला फेरीबाट समान ल्याउनु पर्ने र गाडी तार्नु पर्ने अवस्था थियो । अहिले त्यसको अन्त्य भएको छ ।
खुलालुको पुल गाउँपालिकाको पहलमा निर्माण भएको हो ?
यो राष्ट्रिय स्तरकै योजना हो । संघीय सरकारको १२ करोड रुपैयाँको योजना हो । केही रकम थप भएको छ । गाउँपालिका कै पहलमा भन्दा पनि हुन्छ । हामी स्थानीय तहको निर्वाचित नहुनुभन्दा अगाडी कुनै काम अगाडि बढ्न सकेको थिएन । ठेकेदारले पेश्की लगेर पनि कुनै काम गरेको थिएन । हामीले नियमित ताकेता गर्दा मात्रै यो पुल निर्माण हुन सकेको हो । अहिले चार वर्षमा नै यो पुल निर्माण भयो ।
तपाईहरू निर्वाचित भएर आइसकेपछि मात्र खुलालु पुलको काम सम्पन्न भयो ?
हामी निर्वाचित भएर आएपछि ठेकेदार पत्ता लगाउन नै एक वर्ष लाग्यो । ठेकेदार ल्याउन, त्यो पुलको डिजाइन बिग्रेकाले बनाउन एक वर्षभन्दा बढी लाग्यो । अनि बल्ल काम अगाडि बढ्यो ।
सुनथराली विमानस्थलको अवस्था कस्तो छ अहिले ?
सुनथराली विमानस्थल पञ्चायतकालमा २०४३ सालमा निर्माण कार्यको थालनी भएको हो । त्यो बेला रास्कोटमा विमानस्थल बनाउनु पर्छ भन्ने एक थरीको आयो । एक थरीको सुनथराली बनाउनु पर्छ भन्ने आयो । दुई ठाउँमा बनाउनु पर्छ भइसकेपछि अन्ततः सुनथरालीमा विमानस्थल बन्ने भयो । त्यो बेला बजेट हालिएन । बजेट हालेको बेला जनयुद्ध सुरु भयो । जनयुद्ध सुरु भएपछि विमानस्थलको काम अगाडि बढ्न सकेन् । त्यसपछि शान्ति प्रक्रिया अगाडि बढेपछि १० वर्षसम्म पनि कसैले बजेट हालेन । त्यो उपभोक्ता समितिमार्फत् काम हुन्थ्यो । उपभोक्ता समितिमा झगडा हुने भएका कारणले ठेक्का प्रक्रियामा अगाडि जानैपर्छ भन्यौ । त्यतिबेला तुलाराज बिष्ट राष्ट्रिय सभा सदस्य हुनुहुन्थ्यो । उहाँ पहिलादेखि नै एयरपोर्ट यहाँ बनाउन पर्छ भनेर लाग्नु भएको थियो । उहाँ कालीकोट जिल्लाको अभिभावक नै हुनुहुन्छ । उहाँ विशेष तरिकाले लाग्नुभयो । हामी काठमाडौं पुगिसकेपछि ठेक्काका काम अगाडि बढेको हो । अहिले तिव्र रूपमा काम भइरहेको छ ।
यो कहिलेसम्म सम्पन्न हुन्छ ?
यहि फागुनबाट कालोपत्रे हुदैँछ । यो सम्पन्न हुनका लागि बैशाख-जेठ महिना भित्र हुन्छ ।
यहाँको कार्यकाल सकिन तीन महिना मात्र बाँकी रहेको यो अवधिमा काम गर्ने कार्य योजना कसरी बनाउनु भएको छ ?
अब जुन काम सम्पन्न गर्नुपर्ने हो ती काम सम्पन्न भइसकेका छन् । अब हाम्रो रोडम्याप के छ भने भोली आउने जनप्रतिनीधिहरूलाई हामीले अघि सारेका गुरुयोजना बनाएका छौं । ती योजना हस्तान्तरण गर्ने र हामीले गर्न बाँकी रहेका कामहरू गर्ने बाचा गरेका छौं ।
तपाईको गाउँपालिकामा सत्तापक्ष र विपक्ष पार्टीबीचको सम्बन्ध कस्तो छ ?
हाम्रो गाउँपालिका विपक्ष र अन्य दलका कार्यपालिकामा सदस्य रहेका छन् । सबै मिलेर विकास निर्माणका काम गरेका छौं । अन्य राजनीतिक दलहरुले सहयोग गरेका छन् । विकास निर्माणको काम विप्लवहरूले समेत सहयोग गरेका छन् ।
हाम्रो गाउँपालिकामा सत्तापक्ष र विपक्षबीचको सम्बन्ध राम्रो रहेको छ । हाम्रो गाउँपालिका विपक्ष र अन्य दलका कार्यपालिकामा सदस्य रहेका छन् । सबै मिलेर विकास निर्माणका काम गरेका छौं । अन्य राजनीतिक दलहरुले सहयोग गरेका छन् । विकास निर्माणको काम विप्लवहरूले समेत सहयोग गरेका छन् । विद्यालय निर्माण, सडक निर्माणमा उहाँहरूले सहयोग गरिरहनु भएको छ । विकास निर्माणको काममा हरेक राजनीतिक दलहरूले सहयोग गरेका छन् ।
तपाईँ जुन पार्टीबाट निर्वाचित हुनुभएको थियो । त्यो पार्टी अहिले विभाजित भएको छ । त्यसको असर यो गाउँपालिकामा कस्तो परेको छ । त्यो कारणले विकास निर्माणका काममा केही असर गरेको छ ?
नेकपा(एमाले) राष्ट्रिय स्तरमा नै विभाजन भयो । त्यसको असर गाउँपालिका वडा स्तरसम्म परेको छ । यो स्वाभाविकै प्रक्रिया हो । अब यो असंवैधानिक कदमका बिरुद्ध केही विभाजनहरू भएका छन् । संसद विघटनको कारणले असवैधानिक कदमको असर पार्टी विभाजन र गाउँसम्म नै परेको छ । विकास निर्माणका काममा यसले कुनै पनि असर पारेको छैन् ।
स्थानीय तहको निर्वाचनको सरगर्मी कस्तो छ ?
स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ । पार्टीहरूले आफ्ना संगठन विस्तार, आफ्ना कार्यकर्ता तथा मतदाताहरूलाई तयारी अवस्थामा राख्ने र उम्मेदवारीको घोषणा गर्ने प्रक्रियाहरू अगाडि बढेका छन् । यो क्रम जारी छ ।
तपाईको पुनः अध्यक्षमा दोहोरिने चर्चा छ नि !
अब यो राजनीतिक हिसाबले के हुन्छ भन्दा खेरी पार्टी आधारित हुन्छ । मान्छेको इच्छा आंकाक्षा हुने कुरा स्वाभाविकै हो । पार्टीले टिकट दिएर पत्यायो भने लड्न पनि सकियो । टिकट दिएन अर्को मान्छे टिकट दियो भने अहिलेको वस्तुस्थिति फरक रहेको छ । त्यो कसरी जान्छ भन्ने मात्र हो । राजनीतिक गर्ने मान्छेको इच्छा त स्वाभाविकै हुन्छ ।