१५ जेष्ठ २०७९, आईतवार

हामीले चुच्चे नक्सा ल्याएका थियौं, गठबन्धन सरकारले फुच्चे नक्सा ल्याऔंः एमाले वरिष्ठ उपाध्यक्षः पोखरेल




सुर्खेत । नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतले अतिक्रमण गरेको कालापानी र लिपुलेक समेटिएको एमाले सरकारको पालामा ल्याएको तर, अहिलेको गठबन्धनको सरकारले फुच्चे नक्सा ल्याएको बताएका छन् । कर्णाली प्रदेशस्तरीय अगुवा कार्यक्रता भेला कार्यक्रमलाई सम्बोधन गर्दै विगतका एमाले अध्यक्ष केपी ओलीको सरकार हुँदा अतिक्रमण भएको चिच्चे नक्सा ल्याएको बर्तमान सरकारले फुच्चे नक्सा ल्याएको आरोप लगाएको हुन् ।
कार्यक्रममा कार्यक्रता प्रशिक्षण दिदैँ वर्तमान गठबन्धन सरकार राष्ट्रवादी सरकार नभएको उनले बताए । ‘हामीले चुच्चे नक्सा ल्याएका थियांै । गठबन्धन सरकारले फुच्चे नक्सा छाप्यौं ।’ उनले भने,‘त्यसमा प्रचण्ड र माधव नेपालले ताली बजाउनु भयो ।’
विगतमा कम्युनिष्ट पार्टीमा अवसरवादीका कारणले बढेको दुई तिहाईको कम्युनिष्ट सरकार ढलेको बताए । ‘दुई तिहाईको सरकारको नेतृत्व गरेका एमालेका अध्यक्ष केपी ओलीले समृद्धिको सपना पचाउन नसकेका कारणले दुई तिहाईको सरकार ढालेर कांग्रेसका सरकार बनाउने माधव नेपाल र माओवादीका अध्यक्ष प्रचण्ड अवसरवादी भयो ।’ उनले भने, ‘देशमा अपराध पूर्ण काम भएको छ । यसको छिनोफानो हुने आवश्यक रहेको छ । राष्ट्रिय राजनीति दुई ध्रुर्वमा केन्द्रमा रहेको छ । एउटा नेकपा(एमाले) हो । यो मूलक बनाउने नेकपा एमाले भएको बताए । यो मुलक बनाउने पार्टी भनेको एमाले हो ।’
‘पार्टी एकता गर्दा यही भएर हो । यो एकता ग¥र्यो भने जनपक्षीय एकता हो भन्ने सोचेका थियौं । एमाले माओवादीको एकता प्रचण्डले ध्वुजाध्युवा पार्नुभयो ।’ उनले भने,‘हामी समृद्धी लाग्दा हाम्रो अध्यक्ष केपी ओली समृद्धि लाग्दा उहाँहरुले त्यसको बिरुद्धमा लाग्नु भयो । दक्षिणतिरको छिमेकीबाट हेपिनु हुन्न भन्न, दुबै देशसँग छिमेकी कायम गर्नुपर्छ भन्नुभयो । तर, आज अवसरवादीका कारणले त्यो हुन सकेन् ।’
नेपालमा राष्ट्रियताको कुरा गर्ने भारतसँग हिमचिम गर्ने काम प्रचण्डले गरे उनले बताए । ‘ओलीले त भारत हाम्रो छिमेकीमूलक हो भन्नुभयो । छिमेकीसँग चीनसँग पनि त्यही कुरा गर्नुभयो ।’ उनले भने,‘भारतको अतिक्रमण गरेको कालापानी लिपुलेक नेपालमा संबिधान संम्सोधन गर्नुभयो ।’
माओवादी केन्द्रका विष्टले गरे एमाले प्रवेश
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादर विष्टले एमालेमा प्रवेश गरेका छन् । उनलाई आज सुर्खेत आयोजित कार्यक्रता प्रशिक्षण कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् ।
प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए ।
राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको दिसामा हालको पार्टी नेतृत्व लाग्न नसकेको, पहिला कार्यकर्तालाई सडकमा पठाएर पछि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गरिनुलगायतको कारण आफुले पार्टी छोडेको विष्टले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको