७ जेष्ठ २०७९, शनिबार

विप्लवको प्रस्तावः केन्द्रीय समिति बैठकमा चुनावलाई उपयोग गरेर जाने




काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा स्थानीय चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव पेस भएको छ ।

कपिलवस्तुको शिवगढीमा शुक्रबार दिउँसो २ बजेदेखि जारी बैठमा महासचिव विप्लवले चुनाव उपयोग गरेर जानुपर्ने मतसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

अध्ययनका लागि राजनीतिक प्रतिवेदन वितरण गरिएको र भोलिसम्म अध्यन गरेर पुनः छलफल सुरु हुने एक केन्द्रीय सदस्यले जानकारी दिए । केन्द्रीय सदस्यहरूले प्रतिवेदन अध्ययन सुरु गरेका छन् ।

गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोगबारे प्रस्ताव गरेका थिए । उक्त प्रस्तावबारे नेकपाको उच्च तहमै समान मत छैन ।

पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्तावको पक्षमा प्रवक्ता विश्वकर्मा मात्रै उभिएका थिए । बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’यसको विपक्षमा छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको