१८ मंसिर २०७७, बिहीबार

सूर्यबहादुर खड्काको सफलताको कथा : खुद्रा व्यापारीदेखि अर्बपतिसम्मको यात्रा



दैलेखको छिउडी पुसाकोट, पारी छिउडी र गमौडी गरी ३ गाउँका खड्काहरू सुदूरपश्चिमका फ्लोड भन्ने ठाउँबाट आई बस्ती बसेको पाइन्छ । त्यसमध्येका निर्माण व्यवसायी एवम् समाजसेवी सूर्यबहादुर खड्काको जन्म बुवा शंखबहादुर खड्का र आमा विष्णुकुमारी खड्काको गर्भबाट छिउडी पुसाकोटमा २०२१ साल बैशाख २४ गतेका दिन भएको हो । उनका परबाजेको ५२ गाउँको जिम्मुवाली थियो भने पछि बाजे मुखिया थिए । बाजेको देहान्तपछि मुखिया हुने पालो जेठा छोराको हुनु पर्ने हो, २०२१ सालमा उनी जन्मेको १ वर्षपछि २०२२ सालमा हजुरबुवा मृत्यु भयो । सबैभन्दा जेठो नाति उनी नै थिए । उनी बाजेको अंश पाउने वा मुखिया हुने मान्छे थिए । पञ्चायती व्यवस्था भएकाले उनी मुखिया हुन पाएनन् । उनका बाजेले दैलेख, अछाम, जुम्ला, हुम्ला, कालिकोटको ठुलो हाट बजार भनेर चिनिने बर्दियाको राजापुरमा २००२ सालबाट व्यापार सुरु गरेका थिए । राजापुरको व्यापारको प्रकृति मौसमी हुन्थ्यो । हिउँदमा व्यापार हुने गर्मीमा औलोको डरले पहाड फर्किने गरिन्थ्यो । व्यापार ६ महिना मात्र हुने भए पनि निकै राम्रो हुन्थ्यो । त्यस व्यापारलाई उनका बुवाले निरन्तरता दिए । त्यसताका असोज कात्तिकतिर राजापुर गई पहाडको घ्यू बचेर भेली, कपडाहरू पहाड लिई व्यापार गर्ने गरिन्थ्यो । उनका बुवाले पहाडको छिउडीमा पनि पसलको सुरुवात गरेका थिए । दशैं मनाएर हिउँदे व्यापारको लागि राजापुर गई बैशाखको १५ तिर आई हाल्ने खालको मौसमी व्यापार थियो ।

उनीहरूको व्याजले दुल्लु हाइस्कूलमा एउटा रेकर्ड कायम गर्यो । दुल्लु हाइस्कूल अहिलेसम्म एसएलसीमा निल भएको छैन्, तर वि.सं. २०३७ सालमा मात्र निल भएको रेकर्ड हेर्न पाइन्छ । उनका अनुसार असफलता जहाँ छैन त्यहाँ सफलताको सपनै हुँदैन । उनीहरूको व्याजमा फेल भएका साथीहरू सबै जीवनमा सफल व्यक्तित्वका रूपमा रहेका छन् । उनी भन्छन्– “हामीले दुःख पायौं, शिक्षा दीक्षा राम्रो पाउन सकेनौं, बिग्रिएको मान्छे होसियार हुन्छ, हरेक कुरामा चलाखी अपनाउँछ र जीवनमा सफलता हासिल गर्छ ।”

उनले अक्षरराम्भ छिउडी पुसाकोटको मिडेल स्कुलबाट सुरु गरेका थिए र ५ कक्षामा प्रथम भई दुल्लु हाइस्कुलमा अध्ययन गर्न गए । घरबाट दुल्लु स्कुलमा जान लगभग दुईदेखि अढाई घण्टासम्म लाग्थ्यो । विद्यालय आउन जान गरी लगभग ५ घण्टा जति हिड्नु पर्ने र त्यसमाथि घरायसी काम घाँस, दाउरा, पानी पनि गर्नुपर्ने भएकाले थकाई लागेर पढ्नै नसकिने अवस्था थियो । त्यसैले उनको पढाई भने राम्रो हुन पाएन । जसोतसो गरी उनी टेस्ट पाससम्म गरे । उनीहरूको व्याजले दुल्लु हाइस्कूलमा एउटा रेकर्ड कायम गर्यो । दुल्लु हाइस्कूल अहिलेसम्म एसएलसीमा निल भएको छैन्, तर वि.सं. २०३७ सालमा मात्र निल भएको रेकर्ड हेर्न पाइन्छ । एउटा कुरा के हो भने हामीले हाम्रो बच्चा पढ्यो, प्रथम श्रेणी ल्यायो वा धेरै नम्बर ल्यायो भने खुसी हुन्छौं, त्यसलाई हौसला दिन्छौं, फेल भयो भने त्यसलाई यो बिग्रिएर खत्तम भयो, काम लाग्दैन भनी निरुत्साहित पार्छौं, त्यस्तो कहिल्यै गर्नु हुँदैन भन्छन् खड्का । उनी फेल हुनु नै जीवनको ठुलो सफलता हो भन्छन् । उनका अनुसार असफलता जहाँ छैन त्यहाँ सफलताको सपनै हुँदैन । उनीहरूको व्याजमा फेल भएका साथीहरू सबै जीवनमा सफल व्यक्तित्वका रूपमा रहेका छन् । उनी भन्छन्– “हामीले दुःख पायौं, शिक्षा दीक्षा राम्रो पाउन सकेनौं, बिग्रिएको मान्छे होसियार हुन्छ, हरेक कुरामा चलाखी अपनाउँछ र जीवनमा सफलता हासिल गर्छ ।”

उनले एसएलसीको नतिजापछि दुई तिन महिना लगाई १७ हजार रुपैयाँँ जम्मा गरी सुर्खेतमा आएर २०३८ साल माग ८ गतेबाट खुद्रा व्यापार सुरु गरे । व्यापार सुरु गरी सकेपछि नजिकका इष्टमित्र, आफन्तहरू उनको पसलबाट समान लिन थाले, जो नातेदार डिलर व्यापारीका नियमित ग्राहक थिए, जसका कारण उक्त डिलर व्यापारीले निकै डाह गरे र खड्कालाई पनि इख लाग्यो । त्यो इख नै उनको जीवनको सफलताको सुरुवात थियो । त्यो इख नआइदिएको भए उनी आफ्नो अगाडि बढ्ने बाटो खुल्ने थिएन भन्छन् । आफूप्रति जुन रिस डाह डिलर व्यापारीले गरे त्यसबाट आफूलाई अगाडि बढ्ने बाटो मिल्यो, त्यसैले आफू उनलाई भगवान मान्ने र सधै मनैबाट धन्यवाद दिने कुरा बताउँछन् ।

उनले एसएलसीको नतिजापछि दुई तिन महिना लगाई १७ हजार रुपैयाँँ जम्मा गरी सुर्खेतमा आएर २०३८ साल माग ८ गतेबाट खुद्रा व्यापार सुरु गरे । उनलाई व्यापारका क्रममा १ जना नजिकैका नाता पर्ने मान्छेले निकै अप्ठ्यारो पार्न खोजे । खड्का आफू उनका तुलनामा १०० भागको १ भाग पनि थिएन, के कस्ता ल्याउने भनी लिस्ट बनाई मागेर व्यापार सुरु गरेको सम्झन्छन् । व्यापार सुरु गरी सकेपछि नजिकका इष्टमित्र, आफन्तहरू उनको पसलबाट समान लिन थाले, जो नातेदार डिलर व्यापारीका नियमित ग्राहक थिए, जसका कारण उक्त डिलर व्यापारीले निकै डाह गरे र खड्कालाई पनि इख लाग्यो । त्यो इख नै उनको जीवनको सफलताको सुरुवात थियो । त्यो इख नआइदिएको भए उनी आफ्नो अगाडि बढ्ने बाटो खुल्ने थिएन भन्छन् । आफूप्रति जुन रिस डाह डिलर व्यापारीले गरे त्यसबाट आफूलाई अगाडि बढ्ने बाटो मिल्यो, त्यसैले आफू उनलाई भगवान मान्ने र सधै मनैबाट धन्यवाद दिने कुरा बताउँछन् ।

नातेदार पर्ने डिलर व्यापारीका पसलमा मध्यपश्चिमका ८–१० वटै जिल्लाबाट हजारौं डोकाहरू ल्याई पसलेहरू आई समान लिने गर्थे । खड्काले भर्खरै मात्र उनै डिलर ब्यापारीबाट समान लिएर व्यापार सुरु गरेका थिए र नजिकैका नातेदार इष्टमित्रका ५–७ वटा डोकाहरू उनको पसलमा आउथे । खड्काले नातेदार डिलर व्यापारीको पसलबाटै नै बिँडीहरू ल्याएर बेच्नु पथ्र्यो र अलिअलि ग्राहक आउन थाले पछि विँडीमा रोक लगाइयो । त्यसपछि स्वयम् खड्काकै मामाले तिमीकहाँ त बिँडी छैन बिँडी नभएपछि व्यापार हुँदैन भनी उनै डिलर व्यापारीको पसलबाट सामान लिन थाले । त्यसताका शिव बिँडी भन्ने खुबै चलेकाले सो बिँडी नभए पछि सामान लिन व्यापारीहरू आउने सम्भावना थिएन । डिलर व्यापारीसँग त शक्ति थियो, आर्थिक थियो तर खड्कासँग त केहि थिएन तैपनि उनले एउटा जुक्ति लगाए । उनले पहाडकै व्यापारीहरूलाई ज्याला दिई दैलेख, कालिकोट, जुम्ला, हुम्ला लैजाने हो भन्न लगाई विँडी खरिद गर्दै दिउँसो कालिकास्थानको गोदाममा राख्न लगाए । आफ्नो पसलका लागि १५ दिनलाई चाहिने बिँडी कालिकास्थानको गोदाममा राखेर राती राती ओसार्ने काम गरे । त्यसबेला १ पोका शिव बिँडीको बजार मूल्य १४ रुपैयाँँ थियो भने खड्काले १३ रुपैयाँ ७५ पैसाका हिसावले बिक्री गर्न थाले । डिलरवाला व्यापारीकोमा १४ रुपैयाँ पर्ने उनले १३ रुपैयाँँ ७५ पैसामा बेच्न थालेपछि पहाडका व्यापारीहरूको लर्को लाग्न थाल्यो । डिलरवाला व्यापारीले उनले कहाँबाट ल्याएर त्यो बिँडी बिक्री गर्छ भनी पत्ता लगाउन अनेक पर्यत्न गर्दा पनि पत्ता लगाउन सकेनन् । खड्काको दिमाग डिलरवालाको पसलबाट बिँडी कसरी फुत्काएर गोदाममा जम्मा गर्ने र बेच्ने तिर मात्र केन्द्रित हुन्थ्यो । त्यो बिँडीबाटै उनको जीवनको सफलताको सुरूवात भयो ।

उनका अनुसार करिव ३ महिनापछि कृष्णनगरबाट सन्त बिँडीको मान्छे मार्केटिङ गर्न आएका समयमा सन्तको अनुहार अलि परिवर्तन गरेर शिव बिँडीको जस्तो बनाई दिएमा आफूले बिँडी किन्छु भने । त्यसपछि कृष्णनगरको साहूँले शिवजस्तो बनाएर १ गाडी माल उधारै झारी दिएछ । खड्काले प्रत्येक पसल–पसलमा १–१ वटा पोका सन्त बिँडी विक्यो भने पैसा दिनु नत्र दिनु पर्दैन भन्दै छोडे । शिव बिँडी पहिलाको तुलनामा सानो भैसकेकाले उनले शिव कान्छी औंला जत्रो छ यो सन्त बिँडी हात्तीको सुँड जत्रो छ भनी २–३ दिन लगभग १०० वटा पसलमा बाँडिदिए । त्यसको केहि दिनपछि बजारमा सबै ग्राहकहरूले सन्त बिँडी पनि चाहियो भन्न थाले पछि उनका दिन आए । शिव बिँडी त उनसँग गोदाममा छँदै नै थियो, बढी जोड सन्त बिँडीमा गर्न थाले । पछि नातेदार डिलरवाला व्यापारीको पसलमा पनि पनि ग्राहकहरू सन्त बिँडी छ कि भनी जान थाले पछि उनका आधा ग्राहक आफूतिर तान्न सफल भए । डिलरवाला व्यापारीले रिस नगरीदिएको भए आफू त्यही ५ जनामै सीमित भई खुद्रा सामान बेचिरहेको हुने र बुद्धि पनि आउने थिएन भन्छन् खड्का । त्यसपछि उनले आफूलाई सुर्खेतको दोस्रो ठुलो व्यापारीमा स्थापित गरी वि.सं. २०४० सालबाट होलसेल व्यापारमा प्रवेश गरे ।

उनको श्रीमतीसँग कसैले सूर्यबहादुर खड्का एसएलसी पास भएको केटा हो भनिदिएको रहेछ । विवाहपश्चात् उनको श्रीमतीले हजुरलाई त एसएलसी पास भएको भन्थे भनेपछि आफू एसएलसी फेल हुँ भनेछन् । आफ्नो श्रीमतीलाई विवाहपूर्व आफू एसएलसी पास भएको भनी झुक्याइएकोमा उनलाई साह्रै पीर पर्यो । एक दिन नेपाल व्याट्री कम्पनीको डिलर लिने विषयमा कम्पनीको अफिसमा फोन गर्दा फोन उठाउने केटीले जम्मै अङ्ग्रेजी बोलेपछि आफू अँ अँ भन्ने तर उत्तर दिन नआएपछि उनलाई अर्को ठुलो पीर पर्यो । उनलाई आफू एसएलसीमा अङ्ग्रेजी विषयमै फेल भएको मान्छे र व्यापार व्यवसाय बढाउनका लागि भाषा पनि चाहिँदो रहेछ भन्ने महसुस भयो । त्यसपछि उनले वि.सं. २०४५ सालमा शरदचन्द कश्यप भन्ने निकै राम्रो शिक्षकको घरमा र आफ्नो घरमा टेलिफोन राखी आफ्नो कोठाबाट फोन गरी जाने पनि नजाने पनि अङ्ग्रेजी बोलेको बोल्यै गर्दै फोनबाट पुनः पढाई सुरू गरे । पछि शरदचन्द्र कश्यप सरको प्रेरणाले नै भारतको मगध विश्वविद्यालयबाट ‘International Terrorism Impact on South Asia’ भन्ने विषयमा वि.सं. २०७२ सालमा विद्यावारिधि उपाधि लिए ।

उनी वि.सं. २०४२ साल फागुन २९ गते वैवाहिक जीवनमा प्रवेश गरे । उनको श्रीमतीसँग कसैले सूर्यबहादुर खड्का एसएलसी पास भएको केटा हो भनिदिएको रहेछ । विवाहपश्चात् उनको श्रीमतीले हजुरलाई त एसएलसी पास भएको भन्थे भनेपछि आफू एसएलसी फेल हुँ भनेछन् । आफ्नो श्रीमतीलाई विवाहपूर्व आफू एसएलसी पास भएको भनी झुक्याइएकोमा उनलाई साह्रै पीर पर्यो । एक दिन नेपाल व्याट्री कम्पनीको डिलर लिने विषयमा कम्पनीको अफिसमा फोन गर्दा फोन उठाउने केटीले जम्मै अङ्ग्रेजी बोलेपछि आफू अँ अँ भन्ने तर उत्तर दिन नआएपछि उनलाई अर्को ठुलो पीर पर्यो । उनलाई आफू एसएलसीमा अङ्ग्रेजी विषयमै फेल भएको मान्छे र व्यापार व्यवसाय बढाउनका लागि भाषा पनि चाहिँदो रहेछ भन्ने महसुस भयो । त्यसपछि उनले वि.सं. २०४५ सालमा शरदचन्द कश्यप भन्ने निकै राम्रो शिक्षकको घरमा र आफ्नो घरमा टेलिफोन राखी आफ्नो कोठाबाट फोन गरी जाने पनि नजाने पनि अङ्ग्रेजी बोलेको बोल्यै गर्दै फोनबाट पुनः पढाई सुरू गरे । उनी आफ्नौ औपचारिक पढाईको सम्पूर्ण श्रेय कश्यप सरलाई दिन्छन् । उनको विद्यावारिधिसम्मको पढाईका लागि कश्यप सरको महत्वपूर्ण भूमिका रहेको बताउँछन् । उनी वि.सं. २०४६ सालमा सुर्खेतको जन मावि केन्द्रबाट एसएलसी परीक्षा दिर्ई उत्तीर्ण भए । उनी भन्छन्, ‘के के न होला त्यो एसएलसीको सर्टिफिकेट भनेको त पढाईभन्दा त अनुभव धेरै ठुलो कुरा पो रहेछ ।’

उनले एक दिन पनि क्याम्पस नगई २०४८–४९ मा आई.ए. २०५२–०५३ वि.ए. पनि नियमित पास गरे । वि.ए. मा त घरबाट खर्च ल्याएर नियमित क्यापस जाने विद्यार्थीहरू सबै फेल भएका थिए । उनी परीक्षाको ३–४ दिन अगिबाट कश्यप सरको सल्लाहअनुसार पढ्ने गर्थे । उनी वि.सं. २०५८ मा ४ वर्षका लागि ट्र«क समितिको अध्यक्ष र २०६२ मा सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्ष भए । त्यहि बेलै सुर्खेतको बहुमुखी क्याम्पसबाट राजनीति शास्त्रबाट ७७ प्रतिशत ल्याई डिग्री पास गरे । ५५ प्रतिशतभन्दा कम आएकाले विद्यावारिधि गर्न पाउँदैनथ्यो । पछि शरदचन्द्र कश्यप सरको प्रेरणाले नै भारतको मगध विश्वविद्यालयबाट ‘International Terrorism Impact on South Asia’ भन्ने विषयमा वि.सं. २०७२ सालमा विद्यावारिधि उपाधि लिए । यसबाट कुनै पनि काम हुन्न सक्दिन भन्नु हुने रहेनछ गरेपछि हुँदोरहेछ भन्ने शिक्षा उनलाई प्राप्त भयो ।

खड्काले २०६५ साल पछि मात्र निर्माण व्यवसायतिर हात हाले । खासमा नाताले १ जना भिनाजुसँग साझेदारीमा ठेक्काको काम लिए । आफ्नो फर्म नभएकाले अर्काको फर्मबाट काम गर्दा उनको पेश्की रकम, बैंक ग्यारेण्टी पनि फसाइ भिनाजु कान्छी भगाई सम्पर्क विहीन भएछन् । उनी त इञ्जिनियरिङ नपढेको मान्छे तर पनि इञ्जिनियरिङ तिर जान्नु पर्ने वाध्यता भएछ । त्यहाँ पनि उनले ठक्करै खाएर सिके । खड्काका अनुसार घनमिटर भनेको क्या हो भन्ने कुरा नबुझेको उनसँग आज इञ्जिनियरहरू के गरौं भनी सोध्छन् । उनी दिनकै सिक्दै छन् । बबई सिंचाई आयोजनामा साढे ३ करोडको काममा २ करोड घाटा भएर घनमिटर, लम्बाई, चौडाई सबै कुरा त्यहीँबाट सिके भन्छन् । ठगी, बदमासी, लापरवाही, चुहावटजस्ता कुराहरूबाट घाटा खाएका कारण निर्माणसम्बन्धी काम १–२ वर्षमा बुझेँ भन्छन् । दैलेख सुर्खेतको मान्छे २ करोड घाटा परेको कुरा बाहिर भन्यो भने पत्याउनेले पनि पत्याउन छोडिदेलान भन्ने डर थियो । वि.सं. २०६५ मा नेपालको इतिहासमा ८४ प्रतिशत लो विडिङ गएर दैलेखका जम्बुकाँधको रातोमाटो भन्ने बाटोको काम आफूले सम्पन्न गरेको कुरा बताउँछन् । १६ करोडको काम साढे ३ करोडमा हालेकाले सूर्यबहादुर डुब्यो खत्तम भयो भनी व्यापक हल्ला गरियो तर उक्त कामबाट २ करोड बबईमा फसेको एकै झड्कामा उत्र्यो ।

अहिले उनीसँग लगभग ७० वटा डोजर ५० वटा जति टिपर, पिच गर्ने ट्रक लगभग २०० वटा, टर्न ओभर पनि नेपालको टप २० भित्र पर्छ । १२ हजार निर्माण व्यवसायीहरूमा ८–९ वर्षको अवधिमा टप २० मा आउने भन्ने कुरा निकै चुनौतीपूर्ण हो । अन्य व्यवसायका तुलनामा निर्माण व्यवसायमा निकै ठुला चुनौतीहरू छन् ती सम्पूर्ण चुनौतीहरू पचाएर यस क्षेत्रमा लागिरहेको बताउँछन् खड्का । निर्माण व्यवसायीहरू मध्येमा विद्यावारिधि गर्ने उनी एक जना मात्र हुन् । निर्माण व्यवसायमा सामान्यतया अध्ययन गर्ने भन्ने हुँदैन । उनको पढ्ने तरिका भनेको पढाएको कुरा रेकर्ड गर्ने र काम गर्दै रेकर्ड सुनिरहने हो ।

उनमा वाल्यकालदेखि नै उद्योगधन्दा व्यवसायको हुटहुटी थियो । उनले छिउँडीको गाउँमा उद्योगधन्दा व्यवसाय भन्ने कुरा केही नभए पनि दारु बनाउन सकिन्थ्यो र आफूले १२–१३ वर्षको उमेर दारु बनाउने काम पनि गरेको बताए । आफूले कर्म गर्नु पर्छ र अरुलाई पनि कर्मको बाटो देखाउनु पर्छ भन्ने कुरामा उनको गहिरो विश्वास थियो । आफूले अहिले पनि आफ्ना छोराछोरीलाई घमण्ड नगर, काम गर, काम गरेपछि सबै ठीक हुन्छ, कर्म गर्ने मान्छे कहिले अभागी हुँदैन, सम्पत्ति, पद, इज्जत, प्रतिष्ठा ईश्वरले दिने होइन यी सबै कुरा कर्ममै आधारित छन् भन्ने गरेको बताउँछन् । उनका बुवा कपडा खुद्रा व्यापारी भएकाले बुवाबाट नै व्यवसायमा लाग्ने प्रेरणा प्राप्त गरे । उनी १०–१२ वर्षको हुँदादेखि नै उनका बुवाले गाउँमा पैसा उठाउन पठाउने गर्दथे । मान्छे पैसा लिँदा कस्तो अनुहार लगाउँछ दिँदा कस्तो अनुहार लगाउँछ भन्ने कुरा उनलाई त्यसबेला नै राम्रोसँग थाह भइसकेको थियो । बुवाबाट सामान लिनु पर्दा प्रधान साव यस्तो उस्तो भनी गुणगान गाई उधारो फुत्काउने प्रधानको छोरो पैसा उठाउन जाँदा वास्ता नै नगर्ने गाउँलेहरूको व्यथा सानैमा भोगिसकेको थिए ।

१० वर्षको उमेरमा उनका बुवाले छडुङमा एक जना कामी दाईबाट पैसा उठाउनलाई पठाउने तर कामी दाइले जहिले पनि सुँगुर देखाइ पठाई दिन्थे । यो सँुगुर पाउने छ यसले बच्चा पाएपछि बेचेर पैसा दिउला भन्दै सँधै टारिरहन्थे । बच्चा पाउञ्जेलसम्म पर्खिए तर बच्चा पनि विक्दैनन के गर्ने भनी फेरी आलटाल गरे । यहि सुँगुरका बच्चा लैजानुस् तपाईँका पैसा यसैबाट असुल गर्नुस् भनेछन् । क्षेत्रीका सन्तानले सुँगुर छुनु हुँदैन भन्ने रूढिवादी मान्यता थियो । एकदिन खड्काले छडुङमा सँधै सुँगुर हेर्न आइरहनु भन्दा त अर्को दमाइ काकालाई सुँगुर बोकेर ल्याइदिनु पर्यो भनी साथमा लिएर गई कामी दाइलाई तपाईँ मेरो पैसा दिने कि नदिने भनि सोधेछन् । सुँगुर विक्रि हुँदैन दिँदैन भनेको छैन म त्यस्तो बेइमान मान्छे होइन भनि उल्टै हकारेछन् । खड्काले तपाईँ महँगो भन्नु हुन्छ होला भनी सोध्दा कामी दाइले कहाँ महँगो भन्नु भनी जवाफ दिएछन् । कति पर्छ सुँगुरलाई भनि सोधे र उनले कमै मूल्य भनेपछि आफूसँग लिएको दमाइ काकालाई सुँगुर समात्न लगाई फर्किएछन् । उनले सुगुँर दमाइ काकालाई जिम्मा लगाए र सँधै सुँगुर हेर्न छडुङ जानु पर्ने झन्झटबाट मुक्ति पाए । दमाइ काकाले केही समय पालेपछि सुँगुरले बच्चा पनि पायो उनले पैसा पनि पाएछन् ।

यसभन्दा अघिल्लो वर्ष उनको कन्स्ट्रक्र्सनबाट नेपालभरि जम्मा २०० किलोमिटर जति सडक पिचको, ५०० किलोमिटर जत्ति पिच बाहेक, २५ वटा जति पुलहरू, भवन निर्माणका कामहरू पनि गरिएको थियो । अघिल्लो आर्थिक वर्षमा प्रत्यक्ष रूपमा करिव ५०० जना र अप्रत्यक्ष रूपमा करिव ९–१० हजार जना जति रोजगारीमा जोडिएका थिए भने करिव ९ अरब जत्तिको वार्षिक आय व्यय रहेको थियो । पोखरामा १२ मेगावाटको हाइड्रो निर्माणको काम सम्पन्न भइसकेको छ, सुर्खेतको शंकर आयल एण्ड स्टोरबाट वर्षमा ८–१० करोडको कारोबार हुन्छ । यो वर्ष विश्वव्यापी कोरोना महामारीका कारण ३५ वटा पुल, ७० किलोमिटर सडक पिजको काम भएको बताउँछन् खड्का । उनले कोरोना महामारीकै बीचमा पनि प्रत्यक्ष रूपमा २०० जना र अप्रत्यक्ष रूपमा ४–५ हजार जनालाई रोजगारी प्रदान गरेका छन् । उनी यस वर्ष करिव ४–५ अरवको मात्र आय–व्यय भएको बताउँछन् ।

यसभन्दा अघिल्लो वर्ष उनको कन्स्ट्रक्र्सनबाट नेपालभरि जम्मा २०० किलोमिटर जति सडक पिचको, ५०० किलोमिटर जत्ति पिच बाहेक, २५ वटा जति पुलहरू, भवन निर्माणका कामहरू पनि गरिएको थियो । अघिल्लो आर्थिक वर्षमा प्रत्यक्ष रूपमा करिव ५०० जना र अप्रत्यक्ष रूपमा करिव ९–१० हजार जना जति रोजगारीमा जोडिएका थिए भने करिव ९ अरब जत्तिको वार्षिक आय व्यय रहेको थियो । पोखरामा १२ मेगावाटको हाइड्रो निर्माणको काम सम्पन्न भइसकेको छ, सुर्खेतको शंकर आयल एण्ड स्टोरबाट वर्षमा ८–१० करोडको कारोबार हुन्छ । यो वर्ष विश्वव्यापी कोरोना महामारीका कारण ३५ वटा पुल, ७० किलोमिटर सडक पिजको काम भएको बताउँछन् खड्का । उनले कोरोना महामारीकै बीचमा पनि प्रत्यक्ष रूपमा २०० जना र अप्रत्यक्ष रूपमा ४–५ हजार जनालाई रोजगारी प्रदान गरेका छन् । उनी यस वर्ष करिव ४–५ अरवको मात्र आय–व्यय भएको बताउँछन् ।

उद्यमशीलताका विषयमा भित्रैदेखि चासो भयो भने ज्ञान आउँछ । केही जमिन्दारले उनको व्यापार देखी विगाहका विगाह जग्गा विक्रि गरी आफ्ना छोराहरूलाई व्यापारमा लगाए र ६–७ महिनामा टाट पल्टिए । उद्यमीशलता देखासिकिबाट आउँदैन आफै अन्तर्हृदयबाट आउनु पर्छ नभई राज्यले त्यो खालको वातावरण सिर्जना गरिदिनु पर्छ । कि पारिवारिक वातावरणबाट उद्यमशीलता विकास हुन्छ । केही अपवाद बाहेक आफ्नै ढङ्गले व्यवसायबाट सफल हुन गाह्रो छ । अहिले आफूभन्दा आफ्नो छोरा यो क्षेत्रमा धेरै क्रियाशील भैसकेको कुरा बताउँछन् खड्का ।

उनले वि.सं. २०५४ सालमा सुर्खेतमा सत्य साई केन्द्र, क्षेत्रीय वृद्धाश्रम बनाउनका लागि प्रशान्त वृद्धाश्रममा ५ कट्ठा ८ धुर जत्ति जग्गा, लाटीकोइलीमा स्वामी चेतानन्द गिरीलाई बस्ने शिवालय निर्माण, दैलेखको गाईखोरमा शिवालय निर्माण, लगभग ५० देखि ६० ठाउँमा २ लाखदेखि माथिका सहयोगहरू दान गरेको र भर्खरै छिउडीमा आफ्नो कुलदेवताको मन्दिर बनाएका छन् । त्यस्तै उनले बुवा आमाको नामबाट विभिन्न अक्षयकोषहरू पनि स्थापना गर्नुका साथै २०५१ सालदेखि प्रत्येक महिनाको १ गते गरिव दीनदुःखीहरूलाई ५ किलो चामल, दाल, नुन, तेल, सावुनहरू आमाको हातबाट वितरण गर्दै आइरहेका छन् । उनको विचारमा पैसाका पोका भनेको सम्पत्ति होइन् इमान्दारिता र विश्वास सबैभन्दा ठुलो सम्पत्ति हो ।

आफूले धार्मिक र केही मात्रामा सामाजिक क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत दान गर्ने गरेको बताउँछन् खड्का । उनले वि.सं. २०५४ सालमा सुर्खेतमा सत्य साई केन्द्र, क्षेत्रीय वृद्धाश्रम बनाउनका लागि प्रशान्त वृद्धाश्रममा ५ कट्ठा ८ धुर जत्ति जग्गा, लाटीकोइलीमा स्वामी चेतानन्द गिरीलाई बस्ने शिवालय निर्माण, दैलेखको गाईखोरमा शिवालय निर्माण, लगभग ५० देखि ६० ठाउँमा २ लाखदेखि माथिका सहयोगहरू दान गरेको र भर्खरै छिउडीमा आफ्नो कुलदेवताको मन्दिर बनाएका छन् । त्यस्तै उनले बुवा आमाको नामबाट विभिन्न अक्षयकोषहरू पनि स्थापना गर्नुका साथै २०५१ सालदेखि प्रत्येक महिनाको १ गते गरिव दीनदुःखीहरूलाई ५ किलो चामल, दाल, नुन, तेल, सावुनहरू आमाको हातबाट वितरण गर्दै आइरहेका छन् । पैसा सत्कर्मबाट कमाउनु पर्छ कुकर्मबाट कमाउनु हुँदैन भन्ने उनको मान्यता छ । सफलताको रहस्यका सन्दर्भमा हन्डर ठक्कर खाइयो, धोका पाइयो, शत्रुहरू बढे भने रिस डाह कसैले गर्छ भने ऊ सफल हुन्छ भन्छन् खड्का ।

राष्ट्रिय अर्थतन्त्र मजवुत पार्न हामीलाई आवश्यक पर्ने चीजहरू यहीँ उत्पादन गर्नु पर्दछ, राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्नु पर्दछ । नेपालीहरूले केही उद्योग गर्छ भने राम्रो वातावरण बनाइदिनु पर्छ । कृषीमा विशेष जोड दिनु पर्छ । ५० वटा चिजहरू अन्य देशबाट बन्देज गरी आफैले निर्माण गर्न थाल्ने हो भने हामी धेरै छिटो फड्को मार्न सक्छौं । अर्काका दान दातव्यबाट चल्ने सोचाईबाट मुक्त भई राष्ट्रिय उत्पादनलाई राज्यले प्रोत्साहन गर्ने नीति बनाउनु पर्छ । उनी व्यवसायमा केही गर्न चाहने युवाहरूले बहुउद्देश्यीय खालको व्यवसाय गर्न सुझाव दिन्छन् । उनको विचारमा पैसाका पोका भनेको सम्पत्ति होइन् इमान्दारिता र विश्वास सबैभन्दा ठुलो सम्पत्ति हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु