७ जेष्ठ २०७९, शनिबार

“मोक्षभूमि” विचरण गर्दा



राष्ट्रियस्तरमै राजनैतिक विश्लेषकका रुपमा परिचित श्री केशवदाहालको “मोक्षभूमि” उपन्यास पढ्ने अवसर भर्खरै मात्र जुर्यो । ३७१ पृष्ठ भएको मोक्षभूमिको कथाबस्तु बिक्रम सम्बत् १२८० अर्थात् ७९८ बर्ष अघिका घटनाहरुमा आधारित छ । मूलभूत रुपमा यस उपन्यासले ओगटेको भूगोल हाल कर्णाली प्रदेशको ऐतिहासिक भूमि सिंजा उपत्यकाबाट सुरु भई नेपालको गण्डकी हुँदै पूर्वमा कौशिक ९कोशी० क्षेत्रसम्म फैलिएको पाईन्छ । यो उपन्यास ईतिहासमा अंकित नहुने ओझेलमा परेका पात्रहरुको बारेमा उनीहरुकै प्रतिनिधिले लेखिएको कथाको रुपमा लेखकले आफ्ना जिजुबाजेबाट पुस्तान्तरण हुदै पछिल्लो पल्ट आफ्ना पिताजी मार्फत् आफूले बाल्यावस्थामा सुनेको कथाका रुपमा कलात्मक ढंगले प्रस्तुत गरेका छन ।

कथा लगभग आठ सय बर्ष अघि सिंजासम्राट क्राचल्लदेबको बैवभशाली मध्ययुगीन खस साम्राज्यबाट सुरु भएको छ । सम्राटबीर थिए र उनमा राज्य बिस्तारको तीब्र भोक थियो । उनी र उनका गुरु, पुरोहित, रानीहरु, छोराहरु, भाई-भारदारहरु, श्रेष्ठजनहरु सबै खस-आर्य श्रेष्ठतामा बिश्वास राख्थे । मानिस जन्मदै उसको कूलबाट श्रेष्ठ र नीच भन्ने निर्धारण हुन्छ अर्थात् श्रेष्ठ कूलबाट श्रेष्ठ नै जन्म लिन्छ र नीच कूलबाट नीच नै जन्म लिन्छ भन्नेमा दृढ बिश्वास राख्थ्ये । बर्ण ब्यबस्था अनुसार सबैले आफ्नो कूल परम्परा अनुसारको काम गर्नु पर्दछ, कसैले आफ्नो कूल धर्म बिपरित गरेमा त्यो दण्डको भागी हुनुपर्छ भन्ने मान्यता स्थापित थियो । अर्थात् खस साम्राज्य मनुस्मृतिको पूर्ण परिपालकको रुपमा देखिन्थ्यो।

सम्राट आफ्ना सैनिक र राज्यशक्तिका आडमा युद्ध गर्ने र राज्य बिस्तार गर्ने कार्यमा सदैब लागि रहन्थ्ये । सम्राटका पाँच रानीहरु थिए । सबै भन्दा पछि ल्याएकी कान्छी रानीलाई उनी असाध्यै माया गर्थ्ये । कान्छी रानी गर्भवती भएको लगत्तै सम्राटले आफूले अव युद्ध गरेर जितेको राज्य कान्छी रानीलाई उपहार दिने बाचा गर्दै कुमाउ राज्यमाथी हमला गर्न आफ्ना सेना लिएर हिंडे । एघार दिनको युद्ध पछि कुमाउ राज्य पनि खस साम्राज्यमा समाहित भयो । युद्ध जीतको उन्माद लिएर दरबार फर्किदा कान्छी रानीले सम्राटलाई युद्धमा घाईते बनाईएका, मारिएका, घरबार लुटिएका, आगजनी गरिएका बस्ती र सहरहरु, बलत्कृत महिलाहरुको चित्कार, टुहुरा बनाईएका बालकहरुको क्रन्दन, मारिएका निर्दोष नागरिकहरु/मानिसहरु र तिनीहरुका आश्रितको पीडा र तिनीहरुका आँसुले जीवनभर सम्राटलाई श्रापको भागी बनाउने चेत खोलिदिईन् । सम्राटको मनमा यो कुराले पश्चाताप र बैराग्य छायो । उनलाई शक्तिसाली सम्राट बन्ने लहडमा जीवनभर ठुल्ठुला अपराध र पाप सिवाय केही गर्न नसकेको महसूस भयो । उनले साकाहारी भोजन सुरु गरे । अब आईन्दा युद्ध नगर्ने प्रण गरे ।

उनले अपराध मोचनका लागि बिभिन्न विद्धान, धर्म गुरुहरु, बौध गुरुहरुसँग समेत मार्गदर्शन लिन गए । तर पाप मोचनका लागि चित्त बुझ्दो प्रायश्चितको उपाय कतैबाट नपाए पछि भारदारी सभामा उपाय सुझाउन प्रस्ताव राखे । बिभिन्न गुरु पुरोहित आदि मध्ये महामन्त्रीले राखेको प्रस्ताव “राज्यमा भएका दासहरुको मुक्ती” सम्राटलाई सबै भन्दा उत्तम उपाय लाग्यो । यो प्रस्तावमा राजगुरु, भाईभारदार र खस साम्राज्यका श्रेष्ठजनहरुको शतप्रतिसत असहमति र ब्यापक बिरोध हुदाहुँदै पनि सम्राटले बिगतका युद्धहरुमा भएका पापमोचनका लागि आफ्नो साम्राज्यमा भएका दश हजार दाशहरुलाई मुक्त्त गर्ने प्रण गरे । योजना मुताबिक केहि दिनपछि सिंजानगरमा छिमेकी राज्यका महाराजाहरु, राजप्रतिनिधिहरु, आफ्नोराज्यका भाईभारदारहरु, नागरिकहरुको समेत ठूलो उपस्थितिमा भब्य दासमुक्त समारोह आयोजना भयो । उक्त समारोहमा सम्राटले दासहरुको मुक्तिको घोषणा गर्दै उनीहरुको नामको पछाडि अवदेखि “देब” राख्ने र उनीहरुलाई “देबजन” भनी सम्बोधन गर्ने भनेर नयाँ पहिचान समेत दिए । मुक्त भएका दश हजार देबजनहरुका लागि यो दिन नयाँ जुनी थियो । उनीहरुलाई कहिल्यै प्रकाश र स्वच्छ हावा समेत छिर्न नसकेको निसास्सिने अँध्यारो खाल्डो भित्रबाट स्वच्छ हावा भएको उज्यालो ठाउँमा आईपुगेको जस्तो अनुभूति भएको थियो । समारोहमा मुक्तभएका देबजन मध्ये खस साम्राज्य छोड्न चाहने नौ हजार देबहरुलाई केहि घोडा, जीवन वृत्तिका लागि केहि चौपायहरु र बाटो खर्चको ब्यबस्थासहित खस साम्राज्यबाट सम्राटले भब्य समारोह बीच बिदा गरे । बाँकी एकहजार देवहरु आफ्नै भूमिमा स्वतन्त्र भएर बस्ने निर्णय गरे ।

यो उपन्यासमा अलि अलि ईतिहासको सुगन्ध पाईन्छ । अलि अलि भूगोल, मानब शास्त्र (Anthropology), धेरै मात्रामा दर्शन र नीतिका कुराहरुको समिश्रण पाईन्छ । उपन्यास पढ्दा कुनै पनि स्थानमा झिजो लाग्दैन । सलल बगेको कथानक प्रारम्भ, उत्कर्ष र अव के होला भन्ने उत्सुकता र कौतुहलबीच नै देबहरुको मोक्षनगर निर्माण संगै सुखान्त भएर कथा सकिन्छ । समग्रमा भन्नु पर्दा मोक्षभूमि उपन्यास खस आर्य श्रेष्ठतामा बिश्वास राख्नेहरुका बिरुद्ध मानव श्रेष्ठतामा विश्वास राख्नेहरुद्वारा गरिएको शान्तिपूर्ण विद्रोहको ऐना हो । वर्ण व्यवस्थाले सिर्जना गरेको मानिस मानिस बीचको वर्गीय विभेद विरुद्धको कथा हो ।

खस साम्राज्य छोड्ने देवजनहरुको अगुवा बुद्धिमान र परिपक्क सुझबुझ भएको सत्यदेव थियो । सत्यदेबको अगुवाईमा देबजनहरु बिभिन्न नदीनाला, जंगल, भीरपाखाहरु, फाँटर अनेक कहाली लाग्दा बाधा अड्चन पार गर्दै धेरै महिनाको यात्रा पार गरेर राजा कुशध्वजको राज्य कुसीनगर प्रवेश गर्छन् । कुशध्वजका सेनाले पहिला बन्दी बनाईएका देबजनहरु आफ्नो अगुवाको बिनयशीलता, वाकपटुताले कुशध्वजको मन पगाल्न सफल भए । केहिदिन कुशध्वजको आतिथ्यपछि उसले देबजनहरुलाई २५ थुमले चर्चेको राज्यको एउटा भाग उपहार स्वरूप दिएर बिदा गर्यो । अन्त्यमा देबजनहरुले पनि अनपेक्षित रुपमा यति छोटो समयमा नै आफ्नै धर्ती प्राप्त गरे । त्यस धर्तीमा भएका, रुखपात, बनजंगल, जनावर, नदीखोल्सा, हावा, माटो आदिलाई उनीहरुले आफ्नै आमा समान माया गरे । उनीहरु के महिला, के पुरुष, के यूवा, के बालक सबै आफ्नो सपनाको साम्राज्य सुन्दर मोक्षनगर निर्माणका लागि रगत पसिनाले सिंचन गर्दै अहोरात्र खटे । देबजनहरु जो एक आपसमा सहस्तित्व, सद्भाव, प्रेम र भाईचारा कायम गर्दै बिना उचनीच मानब भएर बाँच्ने सामूहिक प्रण गरे । तिनीहरुको पुस्तौं पुस्ता अघिदेखिको सपना पुरा भएको थियो । सारसंक्षेपमा कथा यति मै सकिन्छ ।

यस उपन्यासमा लिईएको बिषयबस्तु “खस आर्य श्रेष्ठता कि मानवता” भन्ने रोजाईको बिषय रहेको छ । यो उपन्यास पढ्दै जाँदा प्रत्येक पाठकलाई यी दुई बिकल्प मध्ये एक बिकल्प छान्न मानोबैज्ञानिक रुपले प्रेरित गर्छ । उपन्यास पढ्दा पढ्दै पाठकलाई आठसय बर्ष अगाडिको कथाले हाम्रो समाजको बर्तमान अवस्थासँग तुलना गर्न बाध्य गराउँछ । उपन्यासले हाम्रो देशमा झन्डै एक्काईस बर्ष अघिसम्म अस्तित्वमा रहेको दासकै अर्को रूप “कमैया” त्यसपछि तेह्र चौध बर्ष अघिसम्म रहेको “हलिया” प्रथालाई टड्कारो रुपमा सम्झना गराउँछ । उपन्यासकार संखुवासभा जिल्लाको एउटा ग्रामीण परिवेशमा हुर्किएको ब्यक्ति भएर पनि नेपाली समाजमा सदिऔंदेखि चलि आएको वर्ण ब्यबस्थाप्रति सुपरिचित छन् । यस अतिरिक्त उपन्यासकार बिगतमा मानब अधिकार, भूमिहीनहरुको अधिकार सुनिश्चितका लागि जनस्तरदेखि केन्द्रसम्म पैरवी गर्ने अभियन्ता पनि हुन् । उनले यस सन्दर्भमा कमैया, हलिया, र अधिराज्यभरी छरिएर रहेका “सुकुम्बासीहरु” जसले दासको जस्तै जीबन ब्यतित गरिरहेका थिए, तिनीहरुलाई अझ नजिकबाट चिन्ने, पढ्ने मौका पाए । जो आफ्नो एक टुक्रा जमिन नभएका तर रातदिन, हिउद बर्षा मालिकहरुको काम गर्दा पनि पेट भर्न धौ धौ पर्नेहरुको जीवनस्तर झन् झन् दयनीय र कष्टकर बन्दै गएको कुरा जगजाहेर छ । मुक्त गरिएको भनिएका कमैया, हलिया र सुकुम्बासी पुनर्स्थापनाका लागि सरकार फेरिए पिच्छे आयोगहरु र योजनाहरु बनेपनि उनीहरुको जीवन यतिका बर्ष बितिसक्दा पनि दिन प्रतिदिन ताईबाट उछिट्टिएर भुंग्रोमा भने जस्तो भएको छ । तर आयोग र यससँग जोडिएका नेता, कार्यकर्ता र कर्मचारीहरुको जीवनस्तर भने जमिनबाट आकास पुगेको प्रतित हुन्छ । यसै विसंगतिका सन्दर्भमा उपन्यासकारले वास्तविक जीवनमा धेरै बर्ष अगाडिदेखि यिनीहरुको मुक्ति र मानवीय सम्मानका साथ स्वतन्त्र नागरिक भएर बाच्न पाउने अधिकार प्रत्याभूतिका लागि देखेको सुनौलो सपनालाई “मोक्षभूमि” लेखेर तिर्खा मेटेको अनुमान हुन्छ । उपन्यास सस्तो मनोरन्जनका लागि लेखिने काल्पनिक, उटपट्याङ्ग, प्रेमी प्रेमिका बिचका प्रेम, रतिराग, बिछोड, मिलनका कथा, बच्चाहरुका लागि तयार पारिएका हास्य कार्टुन जस्तोमात्र नभै कुनै सामाजिक बहसको मुद्धामा संदेश दिने खालको पनि लेखिने रहेछ भन्ने गतिलो उदाहरण “मोक्षभूमि” बन्न पुगेको छ ।

यस उपन्यासमा प्रयोग भएको भाषा अत्यन्त सरल हुनका साथै नेपालकै गाउँ घरमा बोलिने ठेट शब्दहरु समाबेश गरिएका छन । खोलानाला, पाखा, पर्वत, हिमाल, भीर, पहरा, गाउँ, नगर, राज्य र पात्रका नामहरु हामीले सुन्दै आएका जस्तो परिचित लाग्छ । मोक्षभूमिमा प्रयुक्त पात्रहरु खस आर्य श्रेष्ठतामा बिश्वास राख्ने आर्यदेब जस्ता कट्टर राजगुरु, भाईभारदारहरु, रानीहरु र श्रेष्ठजनहरु खस आर्य सभ्यतालाई निरन्तरता दिने कुरामा दृढ देखिन्छन । उपन्यासमा भएका खस आर्य श्रेष्ठताको वकालत र परिपालन गर्ने गराउने थुप्रै अनुहारहरु बर्तमानमा पनि हाम्रो प्रत्येक समाजमा पाईन्छन । तर खस आर्य भित्रकै क्राचल्लदेब उनकी कान्छी रानी, महामन्त्री आदिजस्ता अग्रगामी सोच भएका मानिसहरु मानब श्रेष्ठता माथि बिश्वास गर्छन र यस्ता अनुहारहरु हाम्रो समाजमा पनि निकै अल्पसंख्यामा देखिन्छन । जातीय र वर्गीय समानतालाई मुद्धा बनाउन दास कुलीन कृष्णदेब र ब्राह्मण कुलीन राधा बीचको चोखो प्रेमको उपकथा उपन्यासको हिस्सा बनाईएकोछ । हुनसक्छ त्यतिबेला उपन्यासकारले स्वर्गीय महाकवि लक्ष्मीप्रसाद देबकोटाको “मानिस ठूलो दीलले हुन्छ, जातले हुँदैन” भन्ने उक्ति सम्झिएको हुनुसक्छ । जुन कुरा समतामूलक समाजको अभियन्ताले देखेको सपना हुनसक्छ ।

उपन्यासमा कृष्णले सिंजानगर छोडेदेखि नै उ र राधाबीच बाक्लै प्रेम पत्रहरु आदान प्रादान भएको कुरा पढ्न पाईन्छ । तर कसरी आजभन्दा आठसय बर्ष अगाडिको संचार ब्यबस्था र सिमित संचार साधनहरुको अनुमान गर्दा एउटा लामो बिना योजनाको यात्रामा हिंडेको यात्री, आज बसेको बास भोली अर्कै ठाँउमा हुने अर्थात् कुनै बासस्थानको टुंगो नभई सकेको अवस्थामा कृष्णले लेखेका पत्रहरु त सिंजानगरमा बस्ने राधाले पाई होली । तर राधाले लेखेका पत्रहरु घुमन्ते कृष्णले कसरी प्राप्त गर्यो होला रु अर्थात् कस्तो हुलाकी या दूतले तिनीहरुको पत्र आदान प्रदान गरायो होला रुु भन्ने प्रश्नको उत्तर मेरो अल्प बुद्धिले हालसम्म पाउन सकेको छैन । सामान्यतया हामी धेरै खुसी भएको ब्यक्त गर्न गीत गुनगुनाउने गर्छौं । त्यस्तै यस उपन्यासका पात्रहरु पनि मनका खुसी र उमंगहरु आफ्नै लोकभाकामा गीतबाट ब्यक्त गर्छन । त्यसबेलाका राजप्रासादहरुमा मनोरन्जनका लागि नाटकहरुको मन्चन, सूरापन र नगरबधूहरुको ब्यबस्था, द्रुतक्रिडा ‘जुवाखेल’ आदि स्वभाबिक ढंगले देखाईएको छ । त्यस्तै शक्ति र सत्ताका लागि दरवार भित्र हुने गुट उपगुट, घात प्रतिघात पनि सन्तुलित ढंगले प्रस्तुत गरिएकोछ । सामुहिक खुसीहरू ब्यक्त गर्न खासगरी देबजनहरु उत्सब नाचगान, मनोरंजन र सहभोज गर्छन ।

उपन्यासमा मस्तिष्क हलचल गराईदिने दार्शनिक र नैतिक शिक्षाका प्रश्नहरुर तिनका उत्तरहरु पनि यथेष्ठ पाईन्छन । जस्तैस युद्ध के हो रु के मानब सभ्यता मान्छेको रगत र आँसुको कथा हो रु युद्ध भगवानको आदेश हो कि मान्छेको मृगतृष्णा रु उपन्यासकारले आफ्नो प्रबक्ता स्वरदेब मार्फत् यसको उत्तर निम्न अनुसार दिन्छन, “युद्ध एक दुर्घटना हो । मानब सम्भ्याताको सबैभन्दा पाशविक र जब्बर यथार्थ । युद्ध शासकहरुको क्रुर नियत हो ।” हुनपनि प्रथम र दोश्रो विश्वयुद्ध, हालै रसियाले युक्रेनबिरुद्ध गर्दै गरेको युद्ध र बिगतमा भएका सम्पूर्ण युद्धहरु शासकहरुको उच्च महत्वकांछा र सन्कीपनको दुषपरिणाम हुन् । ईतिहासदेखि अहिलेसम्म विश्वमा भएका सबै युद्धहरुको परिणाम र साझा बुझाई पनि यहि हुन् आउँछ ।

त्यस्तै उपन्यासकारले धर्मको बिषयमा पनि भिक्षु आचार्य मार्फत निम्न अनुसार संदेश दिएकाछनस “सत्य भनेको मनको आवाज हो । धर्म भनेको सत्कर्म हो । अहिंसा भनेको प्रेम हो । पाप भनेको पतन हो । प्रायश्चित भनेको उज्यालो हो । पिताको धर्म भनेको आशिर्वाद हो । पुत्रको धर्म भनेको कर्म हो । पतिको धर्म भनेको साझेदारी हो । सम्राटको धर्म भनेको निर्माण हो । युगको धर्म भनेको शान्ति हो । जीवनको धर्म भनेको सिर्जना हो ।” उपरोक्त सत्य, धर्म, अहिंसा, पाप र प्रायश्चितको अर्थ र अनुशरणमा पनि हामी सबैको दुईमत नहोला ।

नगर के हो भन्ने सन्दर्भमा पनि उपन्यासकारले निम्न अनुसार परिभाषित गरेका छनस “नगर भनेको बैभवशाली घर र महलहरुको भीड मात्र होईन । नगर भनेको सभ्यता हो, यो मानवता, न्याय, भातृत्व, प्रेम र सद्भावको साझा अभिब्यक्त्ति भएको बलियो समाज हो ।” अहिले द्रुत गतिमा बढ्दो सहरीकरण, मानिसहरुको ब्यक्तिबादी चरित्र, मानवीय समवेदना हराउदै गएको, लुटपाट, चोरी, डकैति, बलत्कार, भ्रस्टाचार, बिकासका नाममा मानवीय व्यवहारले कुरूप बन्दै गएको सहर आदि देखेर आजित भएका उपन्यासकारले नगरबासीहरुलाई सभ्य र सुसंस्कृत नगर निर्माणका लागि गतिलो संदेश दिएका छन् ।

उपन्यासकार आफै राजनैतिक व्यक्तित्व भएकाले राज्यमा समतामूलक समाज स्थापनाका लागि निम्नलिखित निर्देशक सिद्धान्त पनि दिएका छन् “सभ्यताको जग केहो ? मानव श्रेष्ठता राज्य संचालनको मुख्य नीति के हो ? न्याय र समानता/काम गर्ने पद्धति कस्तो हुनुपर्छ ? सामूहिक र लोक कल्याण/मान्छेको श्रेष्ठता के ले निर्धारण गर्छ ? ज्ञान, कर्म र विवेकले/ईश्वरको अनुष्ठान के हो ? प्रेम, सत्कर्म र परमात्मा बोध/मानिसले केका लागि काम गर्नु पर्छ ? मानव गरिमा र न्याय/बर्ण ब्यबस्था के हो ? मानवताको शत्रु/महिला र पुरुषको सम्बन्ध कस्तो हुनुपर्छ ? सहयात्री/बिबाह पद्दति कस्तो हुनुपर्छ ? महिलाले जीवन साथी आफैं चुन्न पाउने/शासक कोप्रति उत्तरदायी हुनुपर्छ ? जनताप्रति/जनता को प्रति उत्तरदायी हुनुपर्छ ? माटोप्रति ।” उपरोक्त कथन उपन्यासकारको लोक कल्याणकारी राज्यप्रतिको ज्ञान, बुझाई र संदेश हो । उपरोक्त मान्यताहरुका कसीमा बर्तमान राज्य ब्यबस्थालाई हेरेमा हामीले हाम्रो सरकार, राजनैतिक दलहरु, कार्यपालिका, न्यायपालिका, विधायिका, नागरिक समाज र एउटा नागरिकका रुपमा आफूलाई कुन श्रेणीमा पाउँछौ यो पाठक आफैंले खोज्ने उत्तर हो ।

उपन्यासकारले मानब जीवनको सबैभन्दा ठूलो सम्पत्ति आफ्नो स्वास्थ्य भएको र स्वस्थ जीवन रहनका लागि भोजनका नियमहरु पनि निम्न अनुसार उपन्यासमा पस्किन भ्याएका छन्स “अजिर्ण आहार भन्दा अल्पहार राम्रो, ठोसभन्दा तरल खानु राम्रो, अन्न भन्दा फलफूल राम्रो, मांसहार भन्दा शाकाहार राम्रो ।” हुनसक्छ यो उपन्यासकारले सिकेको जीवनको सिकाई र अनुभव हो । पाठकलाई पनि यो सानो तर महत्वपूर्ण स्वास्थ्य जीवनको राज हुनसक्छ ।

यो उपन्यासमा अलि अलि ईतिहासको सुगन्ध पाईन्छ । अलि अलि भूगोल, मानब शास्त्र (Anthropology), धेरै मात्रामा दर्शन र नीतिका कुराहरुको समिश्रण पाईन्छ । उपन्यास पढ्दा कुनै पनि स्थानमा झिजो लाग्दैन । सलल बगेको कथानक प्रारम्भ, उत्कर्ष र अव के होला भन्ने उत्सुकता र कौतुहलबीच नै देबहरुको मोक्षनगर निर्माण संगै सुखान्त भएर कथा सकिन्छ । समग्रमा भन्नु पर्दा मोक्षभूमि उपन्यास खस आर्य श्रेष्ठतामा बिश्वास राख्नेहरुका बिरुद्ध मानव श्रेष्ठतामा विश्वास राख्नेहरुद्वारा गरिएको शान्तिपूर्ण विद्रोहको ऐना हो । वर्ण व्यवस्थाले सिर्जना गरेको मानिस मानिस बीचको वर्गीय विभेद विरुद्धको कथा हो । सदियौंदेखि पछाडि पारिएका, दबाइएका, शोषण गरिएका सिमान्तकृतहरुको ब्यथा र मुक्तिको खुसीयाली हो । उपन्यासको भरपुर स्वाद लिन एकपल्ट पढ्नै पर्नेहुन्छ । नेपाली साहित्यको पाठ्यसामग्रीमा पुन एउटा गहकिलो मोक्षभूमि उपन्यास थपिदिनु हुने उपन्यासकार केशव दाहालज्यूलाई एउटा पाठकको तर्फबाट साधुवाद छ ।

घनश्याम खतिवडा
(सूर्यविनायक ८, भक्तपुर-हाल सिकागो, अमेरिका)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको