८ जेष्ठ २०७९, आईतवार

कार्डियक अरेस्टपछि पहिलोपटक डेनमार्कको टोलीमा एरिक्सन




एजेन्सी । गत युरो २०२० मा खेल्दा कार्डियक अरेस्ट भएपछि क्रिस्टियन एरिक्सनलाई पहिलो पटक डेनमार्कको टोलीमा राखिएको छ । ३० वर्षीय प्लेमेकरलाई फिनल्याण्ड विरुद्ध हृदयघातपछि उनको मुटुमा प्रत्यारोपित कार्डियोभर्टर– डिफिब्रिलेटर (आइसिडी) एक प्रकारको पेसमेकर लगाइएको थियो ।

उनी इन्टर मिलानबाट रिलिज भएपछि जनवरीमा ब्रेन्टफोर्डमा अनुबन्ध भएका थिए । डेनमार्कले २६ मार्चमा नेदरल्याण्डमा र तीन दिनपछि सर्बियासँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । एरिक्सन दुई खेल अघि स्पेनमा प्रशिक्षणका लागि आफ्ना अन्तर्राष्ट्रिय टोलीका साथीहरूसँग सामेल हुनेछन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको