२१ जेष्ठ २०८०, आईतवार

सिन्धुपाल्चोकको बाह्रविसेमा भीषण पहिरो : १८ घर पुरिदा १२ बेपत्ता



२८ भाद्र, काठमाडौं । सिन्धुपाल्चोकको लिदिमा पहिरो गएको १ महिना नपुग्दै फेरी बाह्रवीसेमा भीषण पहिरो गएको छ । बाह्रविसे नगरपालिका गएको पहिरोले नागपुजे र भिरखर्कका १८ घरहरू पुरिदा १२ जना बेपत्ता भएका छन् ।

बाह्रबिसे नगरपालिकाका मेयर निम्फुन्जो शेर्पाले गएराति भएको भारी वर्षाका कारण ठाडो खोलाले वस्ती क्षेतिग्रस्त बनाएको बताए । मेयर शेर्पाका अनुसार पहिरोमा परी कम्तिमा १२ जना बेपत्ता भएका छन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले उद्दारका लागि सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीलाई घटनास्थल पठाइएको बताएका छन् ।

सिन्धुपाल्चोको गुमथाङ, बाह्रविसे र आसपासका भूभागहरूमा ६ घण्टायता भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बलेफी र जलविरेमा पानीको सतह सतर्कता तहसम्म पुगिसकेको र यो बढ्दोक्रममा रहेको छ ।

त्यस्तै भोटेकोशी, इन्द्रावती मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदिमा पानीको आकस्मिक बहाव बढ्न सक्ने र पहिरो जान सक्ने हुँदा आसपासका वासीन्दालाई सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको