७ जेष्ठ २०७९, शनिबार

कुर्ची नभएको एक नमूना कक्षा


डा. मीनबहादुर शाही
२९ फाल्गुन २०७८, आईतवार

मलाई अवलोकन र यात्राकाक्रममा छचल्किएको भावनालाई शव्दमा उतार्न बाध्य पारे केही कक्षा कोठाका आकर्षणले, त्यहाँ गरिएको व्यवस्थापनले, शिक्षकको सक्रीयताले र विद्यार्थीहरूको सहभागिताले । समयक्रमअनुसार देशले शिक्षा क्षेत्रमा पनि लगानी वृद्धिको प्रयास गरिरहेको छ । साथै विद्यालयमा लगानीको क्षेत्र पनि विस्तार भैरहेको छ । हिजोका दिनमा केवल सरकारको मुख ताकेर बस्नुपर्ने अवस्था विस्तारै देशमा प्रवेश गरेका अन्तर्राष्ट्रिय गैर सरकारी संघ–संस्थाहरूले लिए भने विस्तारै देशमै गैर सरकारी संस्थाहरू स्थापित भए र हुनेबाट संकलन गरेर आवश्यकता भएको ठाउ“मा वितरण गर्न थाले । यसो हुदाहुदै वर्तमानसम्म आईपुग्दा स्वयम् नेपाली व्यक्ति पनि दाताको रूपमा स्थापित हुदै छन् । आ-आफ्नो समुदायमा रहेका विद्यालयहरूलाई सघाउन थालेका छन् । बढ्दो लगानी, बढ्दो आवश्यकता, विकसित प्रविधि र प्रतिस्पर्धात्मक समाजका कारण शिक्षा क्षेत्रमा सबैको चासो बढेको छ । हुनपनि हरेक व्यक्ति, समुदाय र सिङ्गो देशको रूपान्तरणको प्रमुख कडिको रूपमा रहेको जनशक्ति उत्पादनमा सबैको चासो हुनु स्वभाविक हो ।

यसै सन्दर्भमा केही स्वभाविक र केही अचम्म वा अस्वभाविक पक्ष जीवितै छन् । त्यसमध्येको एउटा सामान्य उदाहरण हो, समान अवस्था र लगानीमा पनि किन फरक नतिजा हुन्छ होला । कतै उही प्रकृतिको अवस्थामा धेरै राम्रो नतिजा हेर्न र महसुस गर्न पाइन्छ भने कतै यथास्थिति मै अलमलिएको पाइन्छ । आखिर किन यस्तो हुन्छ ? भएको छ ? के यसमा समुदायको दोष हो ? वा भौतिक पूर्वाधारको भिन्नताले हो वा शिक्षक समाजको मनोवृत्ति हो ? वा नेतृत्वको कुरा हो कि ! यही हो भन्न गाह्रो छ । तर यसमध्येको केही हो भन्ने कुरामा जो कोही पनि विश्वस्त हुनसक्ने अवस्था छ । यहा“ ठिक त्यस्तै अवस्थाले यो लेख लेख्न वाध्य बनायो ।

छैन त केवल शिक्षकका लागि कुर्ची छैन तर कक्षा व्यवस्थापन र विद्यार्थीका लागि आवश्यक पर्ने प्राय सामान व्यवस्था गर्ने प्रयास गरिएको छ । एउटा खुला, उज्यालो कोठामा कार्पेट र साना टेवलको व्यवस्था गरेर विद्यार्थीको बसाइलाई सहज बनाइएको छ भने विद्यार्थीको झोला राख्न कक्षा कोठाकै भित्तामा र्याकहरूको व्यवस्था गरेको छ । विद्यार्थीको जुत्ता र चप्पलहरू कक्षा कोठाको ढोकय बाहिर नै राख्ने व्यवस्थाले सरसफाईमा सहयोग पुर्याएको छ ।

शिक्षा सरोकार केन्द्र, नेपालको सहयोगमा विभिन्न ३ जिल्लाका १६ वटा विद्यालयमा सुरू गरिएको समग्र शिक्षा (Holistic Education Project) सिकाई कार्यक्रम सञ्चालन गरेको थियो । यस मध्येको एउटा विद्यालय थियो इन्द्रज्वाला आधारभुत विद्यालय, राजाकाध (दुल्लु नपा. १०) । परियोजना विद्यालय अवलोकन र शिक्षक सबलीकरण गर्ने क्रममा शिक्षा सरोकार केन्द्रको नेतृत्व विद्यालयमा पुग्यो । यसैक्रममा इन्द्रज्वाला आधारभुत विद्यालयको कक्षा ३ भिन्न देखिएको छ । छैन त केवल शिक्षकका लागि कुर्ची छैन तर कक्षा व्यवस्थापन र विद्यार्थीका लागि आवश्यक पर्ने प्राय सामान व्यवस्था गर्ने प्रयास गरिएको छ । एउटा खुला, उज्यालो कोठामा कार्पेट र साना टेवलको व्यवस्था गरेर विद्यार्थीको बसाइलाई सहज बनाइएको छ भने विद्यार्थीको झोला राख्न कक्षा कोठाकै भित्तामा र्याकहरूको व्यवस्था गरेको छ । विद्यार्थीको जुत्ता र चप्पलहरू कक्षा कोठाको ढोकय बाहिर नै राख्ने व्यवस्थाले सरसफाईमा सहयोग पुर्याएको छ । ढोकाको छेउमै राखेको फोहर फाल्ने भा“डोले सबै विद्यार्थीलाई सरसफाइसम्बन्धि पाठ सिकाउनु साथै कक्षा सफा रहनमा बल पुर्याएको छ । यसका साथै कक्षा कोठा मै फिल्टर राखेर विद्यार्थीलाई शुद्ध पिउने पानी व्यवस्था गरिएको छ । यसले गर्दा विद्यार्थीहरू पढ्दा–पढ्दै धारासम्म जान पर्ने र पढाई छुट्ने कुराको अन्त्य भएको छ । निन्नानुसार स्रोत र सामग्रीहरूको व्यवस्थापन र प्रयोगले अन्तरक्रियात्मक शिक्षण सिकाइलाई सुनिश्चित गरेको छ ।

१. कक्षा कोठा स्रोत दराज

यसमा संस्थाले विद्यार्थीले प्रयोग गर्ने साना सेतोपाटी, सिकाइ अभिलेख पुस्तिका, रंगहरू, मार्कर, सिसाकलम, मसी, बालकथा पुस्तक आदि धेरै सामानहरू प्रदान गरेको छ । खासगरेर शिक्षण सिकाइ र विद्यार्थीका लागि लेखन तथा पढाई सामग्री व्यवस्था गरिएको छ । यसमा भएका सामग्रीहरूमध्ये विद्यार्थीको सेतोपाटी (Student whiteboard) सबैभन्दा उपयोग र प्रभावकारी भएको छ । यसले एकातिर विद्यार्थीको सिकाईलाई प्रभावकारी बनाइदिएको छ भने अर्कोतिर अभिभावकका लागि कापी किन्ने भार पनि घटाइदिएको छ । त्यसैगरी शव्दपत्ति पनि विभिन्न क्रियाकलाप गरेर सिक्नका लागि निकै प्रभावकारी भएका छन् । विद्यार्थीहरू खेल र क्रियाकलापमा रमाउन पाएका छन् । शिक्षकलाई कामको भार कम भएको छ र केवल सहजीकरणमा सीमित भएको छ ।

२. आम्ने साम्ने बसाई व्यवस्था

साना केटाकेटी अनुकरण गरेर पनि सिक्ने भएकाले यो बसाई निकै प्रभावकारी भएको छ । शिक्षकको निर्देशनले मात्र सबै विद्यार्थीलाई काम गर्दैन, प्रयाप्त हुदैन र उनीहरूलाई साथीको सहारा पनि चाहिन्छ । उनीहरू साथीहरूसँगको अन्तरक्रियाले सहज तरिकाबाट सिक्न सक्छन् । साथीहरूस“ग बीना डर र हिच्किचाहट सिक्न सक्छन् । सोध्न सक्छन् र सिकाउन पनि उत्साही हुन्छन् । यसका साथै प्रतिस्पर्धात्मक भावनाका कारण पनि विद्यार्थीहरू सिक्न प्रेरित हुन्छन् । यसमा भएका रंग जस्ता धेरै कुराहरूले प्रभाव पारेको हुन्छ ।

३. दैनिक कक्षा कार्य तालिका

शिक्षकले समय तालिकाअनुसार पढाउने व्यवस्था पहिले देखि नै छ । यसलाई अलि सरलीकरण गरेर कक्षा कोठामा नै ठुलो रूपमा केही अतिरिक्त सिकाइ क्रियकलापहरू थपेर तयार पारिने तालिकाले कक्षा शिक्षणलाई अर्थपूर्ण बनाउ“छ । यसले शिक्षकलाई एकोहोरो पढाउने अभ्यासलाई केही सहायक क्रियाकलाप तिर मोडिदिन्छ र विद्यार्थीका लागि सिकाई थप उत्साही र अर्थपूर्ण बनाउ“छ ।

४. कार्य विभाजन तालिका

विद्यार्थीलाई जीवन उपयोगी सीपको संस्कार सिकाउन, कक्षा कोठा सफा राख्न, विद्यार्थीलाई जिम्मेवार बनाउन र कक्षामा भएका सामग्रीहरूको सुरक्षा उनीहरूबाट नै गर्नका लागि यो सामग्री निकै महत्वपूर्ण भएको छ । विद्यार्थीहरू यसमा उत्साहका साथ काम गर्न तयार हुन्छन् ।

५. कक्षा कोठाका नियम

हरेक अवस्था, ठाउ“ र परिस्थितिमा गर्न हुने र नहुने कुराहरू हुन्छन् । त्यसैले कक्षा कोठा व्यवस्थित राख्न र शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि शिक्षक र विद्यार्थीले नियमहरूको पालना गर्न पर्दछ । यसरी कक्षा कोठामा विद्यार्थीले नियमहरू पालन गर्नाले आºनो जीवनमा गर्न हुने र नहुने (DOs & DON’Ts) कुराहरू बुझ्दै जान्छन् ।

६. फोहर मलाई भाडो

यो सबैतिरको चलन हो । विकसित रूप हो । सबैले घर तथा कार्यालयमा प्रयोग गर्दै आएका छन् । तर कतै देखाउन मै सीमित छ भने कतै फोहोरी बनाएर कहिल्यै सफा नगर्ने गरेर राखिएको छ । पानी, थुक, खकार, कागज, बोक्रा आदि जे पनि त्यही फालेर हेर्नै नसकिने बनाएर राखेको पाइन्छ कतै । यसको पनि आप्mनै मान्यता हुन्छ । त्यो मान्यता यहा“ पालना गरिएको छ । हरेक विहान कार्य विभाजन अनुसार केही विद्यार्थीको पालो कक्षा सफा गर्ने हुन्छ । त्यही समयमा उनीहरूले यस भा“डोमा भएको फोहर लिएर खाल्डोमा फाल्छन र भा“डोलाई धारामा लिएर सफा गरेर ल्याउछन् । अनि घाममा राखेर सुख्खा भएपछि पुनःप्रयोगका लागि कक्षामा लगिन्छ । त्यसैले फोहोर माग्ने भा“डोलाई पनि सफा राख्ने संस्कारको विकास विद्यार्थीमा भएको छ ।

७. विम्व, प्रतिविम्वको प्रतिक ऐना

विम्व, प्रतिविम्वको साधन ऐना पनि कक्षामा छ । यसको प्रयोग विद्यार्थीको अनुहारको सरसफाईमा गरिएको पाइयो । विद्यार्थीले ऐना हेर्ने र आºनो अनुहारलाई सफा राख्ने गरेका छन् । यसका साथै कुनै पनि विम्व ऐनामा कस्तो देखिन्छ भन्ने अभ्यास गराइएको पाइयो । किन ऐनामा उल्टो देखिन्छ भन्ने विपरित दिशातिरको फकाईले हो भन्ने कुरा उनीहरूमा छ ।

८. घडी

एउटा भित्ते घडी कक्षाको अगाडितिरको भित्तामा छ । यसले गणित विषयमा समय बारे सिकाउने सामग्रीको रूपमा काम त गरेकै छ साथै विद्यार्थीहरूमा कति वज्यो र अव यसपछि के पढाई हुन्छ भन्ने चासो हुने गरेको पाईयो । उनीहरू समयका बारेमा निकै जानकार भएको पाइयो ।

९. सेतो पाटी

कक्षामा दुवै खालका सेतो पाटी छन् । एउटा ठुलो सेतो पाटी कक्षामा छ । यसले विगतको कालोपाटीको परम्परालाई धान्दै आएको पाइयो । अर्को ईसिसिले दिएका हरेक विद्यार्थीका लागि साना सेतोपाटीहरू छन् । विद्यार्थीले आºनो हरेक कक्षा कार्य तिनै सानो सेतोपाटीमा गर्ने गरेको पाइयो । ठुलो सेतोपाटी पनि केवल शिक्षकले निर्देशन दिने र पाठ लेखाउने वाहेक विद्यार्थीलाई समूहमा क्रियाकलाप गराउन पनि प्रयोग गरिएको छैन । त्यसैले पनि यो कक्षा भयमुक्त भएको छ र शिक्षिका एउटा आमाको रूपमा स्वीकारिएकि छन् ।

१०.विषयगत कामको प्रदर्शनी वोर्ड

निकै महत्वपूर्ण विषय । विद्यार्थीहरूले विभिन्न विषयमा गरेकय कक्षा क्रियाकलाप र प्रतियोगितात्मक क्रियाकलापहरूको छुट्टा–छुट्टै प्रदर्शन गरेर राख्ने र केही समयमा अर्को क्रियाकलापबाट त्यसलाई प्रतिस्थापन गर्ने कार्य गरेर कक्षालाई सधैंभर आकर्षक बनाउने । विद्यार्थीहरूलाई उत्साही बनाउने । उनीहरूलाई सिकाई प्रतिउत्साही बनाउने । यो एक प्रकारको विद्यार्थीहरूको सिकाई अभिलेख पनि हो । यसमा गणित, सामाजिक, नेपाली, अंग्रेजी सबै विषयका लागि फरक–फरक प्रदर्शनी वोर्ड व्यवस्था गरिएको छ ।

११. सिकाई र जानकारीमूलक विषय

कक्षामा विद्यार्थीहरूलाई जानकारीमूलक सन्देशहरू शिक्षकले बनाएर कक्षाको अगाडिपट्टिको भित्तामा राखिएका छन् । यसमा अङ्ग्रेजी, गणित र विज्ञान विषयसँग सम्बन्धित तालिकाहरू धेरै समावेश गरिएका छन् । यसको प्रयोग शिक्षण सिकाई भईरहेका बेलामा पनि स्रोत सामग्रीका रूपमा गरिएको पाइयो ।

अन्त्यमा कक्षामा अन्तरक्रियात्मक प्रभावकारी र विद्यार्थी केन्द्रित शिक्षण सिकाई कायम गर्नका लागि शिक्षकको कुर्ची नभए पनि खास फरक पदैन रहेछ । शिक्षक विद्यार्थी जस्तै थचक्क भुईँमा नै बसिदिने, विद्यार्थीस“गै वा छेउमै गएर बस्ने, उनीहरूलाई गोलो घेरामा राखेर त्यही घेरामा शिक्षक बस्ने जस्ता कामले शिक्षक वास्तवमा उनीहरूको अभिभावक बन्न सक्दो रहेछ । शिक्षक विद्यार्थी बीच स्वीकारिदो रहेछ । शिक्षकले भनेकय कामहरू गर्न प्रेरित हुने रहेछन् । कुर्ची नभएर शिक्ष थाकेर हैरान हुने पनि रहेनछ । साना कक्षाका लागि रमाइलो परिवार सिर्जना हुदो रहेछ । त्यसैले यस्तो बसाइमा साना कक्षामा बालमैत्रीव् यवस्थापन सम्भव रहेछ भन्ने पुष्टीभएको छ ।

(शिक्षाविद् डा. मीनबहादुर शाहीको विद्यालयभ्रमणको अनुभव ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको