विश्वकै लामो कारले आफ्नै पुरानो रेकर्ड तोड्यो
एजेन्सी । विश्वकै सबैभन्दा लामो कारको पुनः स्थापित संस्करणले आफ्नै पुरानो रेकर्ड तोडेको छ । १०० फिट १।५ इन्च लामो यो कारले आफ्नो पुरानो रेकर्ड तोडेको हो ।
गिनिज बुक अफ वर्ल्डमा विश्वकै लामो कारको कीर्तिमान बनाएको यो कार यसअघि १९८६ मा निर्माण गरिएको थियो । उक्त समयमा यो कारको लम्बाई ६० फिट लामो थियो । यसलाई जे ओहरबर्गले १०० फिट लामो बनाएका थिए । यो लम्बाईसँगै उक्त कारले गिजिन बुक अफ वर्ल्डमा विश्वकै लामो कारका रुपमा पुरानो रेकर्ड तोडेको छ ।
यो सवारी साधन न्यूजर्सीको वेर हाउसमा थन्किनुपूर्व फिल्महरुमा कयौं पटक देखा परेको थियो । यहाँ यो सवारी साधनलाई कयौं वर्षसम्म राखिएको थियो ।
अटोसिअम प्रविधि शिक्षण संग्रहालयका मालिक मिचेल म्यानिङले यसलाई स्मरणीय बनाउन संग्रहालयमा राख्ने निर्णय गरेका थिए । भण्डारणमा राख्दाको समयमा यसमा खिया आएको थियो र पार्टपूर्जाहरु जोगाउन नसक्ने अवस्थामा पुगेका थिए ।
‘सुरुमा मैले कार अटोबडीको रुपमा न्यूजर्सीमा देखेको थिएँ र यो फोहोरको रुपमा परिणत भएको थियो । यसलाई छोपिएको थियो, झ्यालहरु फूटेका थिए । टायरहरु फाटेका थिए । तर मैले कुनै पनि तरिकाले माया गर्छु भन्ने सोचेँ,’ उनले भने, ‘‘म यो कार प्राप्त गर्न गइरहेको छु र पुनः मर्मत गरेर राख्छु ।’