७ जेष्ठ २०७९, शनिबार

कर्णालीका माओवादी संसदीय दलका प्रमुख सचेतक विष्टले दिए राजीनामा



२८ फागुन, काठमाडौं । कर्णाली प्रदेश सभाका माओवादी केन्द्रका सांसद ठम्मरबहादुर विष्टले राजीनामा दिएका छन् ।

शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन आयोजना गरी पार्टीको सदस्यता समेत नरहने गरी राजीनामा दिएको विष्टले घोषणा गरेका हुन् ।

क्षेत्र नम्बर १ ‘क’ सुर्खेतबाट निर्वाचित सदस्य विष्टले शुक्रबारै प्रदेश सभा सचिवालयमा इमेलमार्फत् राजीनामा पत्र पठाएको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

माओवादी संसदीय दलका प्रमुख सचेतक समेत रहेका विष्टले आफ्नो पार्टीले जनमूक्ती र रुपान्तरणको मार्ग नै छोडिसकेकाले त्यो पार्टीमै बसिराख्नुको औचित्य नरहेको बताए ।

पत्रकारहरूसँग साक्षात्कार गर्दै विष्टले दुई वटा कारणले राजीनामा दिनुपर्ने अवस्था आएको बताएका छन् । उनले भने, ‘राष्ट्रघाती एमसिसी पारित गर्नमा पार्टीले सहयोग गरेको र पार्टी नेतृत्व दलीय अधिकार संकुचित गरेर स्वेच्छाचारी ढंगले अगाडि बढेकाले राजिनामा दिएको हुँ ।’

यद्यपी उनले सक्रिय राजनीतिबाट भने टाढा नहुने बताए । ‘कुनै न कुनै प्रभावशाली धार समाएर राजनीतिमै सक्रिय हुन्छु । अहिले नै कुन पार्टीमा हुन्छु भन्ने केहि एकिन भइसकेको छैन ।’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको