८ जेष्ठ २०७९, आईतवार

कर्णालीमा दुई वर्षभित्र उज्यालो हुन्छः कुलमान घिसिङ्ग



सुर्खेत । ‘कर्णाली उत्सव’ कुडा कर्नालीकाको तेस्रो संस्करणको दोस्रो दिनमा ‘झरो उज्यालोको खरो’ बहस भएको छ । बहसमा जुम्लाका प्रतिनीधिसभाका सांसद गजेन्द्रबहादुर महत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र विउराबारी जलविद्युत् योजना जाजरकोटका अध्यक्ष निशा रानाबीच बहस भएको हो ।
झरो उज्यालोको खरो कुरामा जुम्लाका सांसद गजेन्द्रबहादुर महत कर्णाली प्रदेश नै खाइदिएको अवस्थामा कर्णाली विद्युत् बाल्नका लागि अहिले पनि सिंहदरवारमा बाजा बजाउन जानपर्ने अवस्था रहेको बताए । ‘प्रदेश बनाउँदा कर्णाली प्रदेशले सुदुरपश्चिम प्रदेशले खाइदियो । सुदुरपश्चिममा गाभियो । आन्दोलन गरेर कर्णाली प्रदेशको निर्माण भयो ।’ उनले भने,‘अहिले पनि हामीले विकास निर्माण चाहियो भनेर आन्दोलन गरिरहनु परेको छ । यसको कारण के हो भने हामीले अहिलेको राज्य पनि कर्णालीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरेको छैन भन्ने नै हो ।’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ शुरुशुरु आफु कार्यकारी निर्देशक हुँदा सांसद र स्थानीय निकाय जनप्रतिनीधिहरुले पोल राजनीति गर्ने गरेको आरोप लगाए । ‘पूर्वतिरका जनप्रतिनीधिहरुले त्यो बेला तपाईले लोडसेडिङ्ग अन्त्य गर्नुभयो । हाम्रो राजनीति पनि अन्त्य गर्नुभयो भने ।’ उनले भने,‘झरो बाल्ने दिन अब दिनमा अन्त्य हुन्छ । दुई वर्ष अन्त्य हुन्छ । अब कर्णालीमा विद्युत्को राजनीति गर्नेको त्यो राजनीति पनि अन्त्य हुन्छ ।’
कर्णालीमा अहिले पनि विद्युत् बाल्न नपाएको आक्रोस सुनेको त्यसको अन्त्य दुई वर्षमा गर्ने घिसिङ्गले प्रतिबद्धता जनाए । ‘कर्णालीमा आक्रोश आयो । यसमा म खुसी छु । कर्णाली र सुदुरपश्चिममा २५ अर्वको बजेट विनियोजन भएको छ । त्यो बजेटबाट विद्युत् दुई वर्षमा नै विद्युत्को लाइन बल्नेछ । पोल गाडिएको छ ।’ उनले भने,‘यो क्षेत्रमा पात हल्लेपछि जान्छ भन्नुहुन्छ । निकुञ्ज क्षेत्र भएका कारणले समस्या भएको छ । अब दुई वर्षमा रुख लागेपनि हल्दैन् ।’
दुई वर्षमा कर्णालीमा ठुला उद्योग स्थापना भइसक्ने त्यो बेला कर्णालीमा कुन उद्योग विद्युत् लाइन पाएन भन्न नपाउने अवस्था आउने उनले जिकिर गरे । ‘एक वर्षमा १३२ केभिए विद्युत् प्रशासन लाइन जडान गरिन्छ । ३५ वटा ट्रान्समिसन लाइन बन्छ ।’ उनले भने,‘ट्रान्समिटर लाइन नभएर कुनै पनि प्रोजेक्ट आउँदैनन् । तिला, फुकोट कर्णाली चार सयदेखि १९ सय मेगावाटका परियोजना अध्यायन भइरहेको छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको