७ जेष्ठ २०७९, शनिबार

विकास साझेदार संस्थाहरुले प्रदेश सरकारसँग सहकार्य नगर्दा योजनामा ‘डुब्लिकेसन’




सुर्खेत । संघीय र स्थानीय तहमा मात्र सहकार्य गरिरहेका विकास साझदार निकायलाइ प्रदेशमा पनि सहकार्य गर्न आग्रह गरिएको छ । तीन तहका सरकारसँग सहकार्य नहुँदा योजना डुब्लिकेशन हुने गरेको भन्दै विकास साझेदार तथा दातृ निकायहरुले प्रदेश सरकारसँग समन्वय गर्न कर्णाली प्रदेश सरकारले आग्रह गरेको हो ।
तीन तहका सरकारमध्ये प्रदेश सरकारसँग सहकार्य नहुँदा विकास निर्माणमा डुव्लिकेशन हुने सक्ने भन्दै विकास साझेदार दातृनिकायहरुले प्रदेश सरकारसँग सहकार्य अनिवार्य रहेको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए । ‘प्रदेशका विकास साझेदार सरकारी तथा गैरसरकारी संस्थाहरुले सहकार्य गरेर अगाडी बढ्न आवश्यक रहेको छ ।’ उनले भने,‘विकास साझेदारबीच सहकार्य नहुँदा योजना डुब्लिकेशन हुने खतरा बढेर गएको छ ।’
जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा निमिक्त सचिव गोपाल शर्माले विकास साझेदार निकायसँग लगानीमा खर्च गर्न ठुलो रकम हुने गरेको भएपनि विकास साझेदार निकायले सञ्चालन गरेका कार्यक्रमहरु कर्णाली प्रदेशमा रातो किताबमा उल्लेख नभएको बताए । ‘विकास साझेदारहरुले गरेको लगानी प्रदेश सरकारको बजेटमा उल्लेख हुँदैन् ।’ उनले भने,‘त्यसले कसले कहाँ कति लगानी गरेको छ । त्यो पनि थाहा नहुँदा योजना डुब्लिकेसन हुने समस्या रहेको छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको