दश लाख मानिसले युक्रेन छोडेः संयुक्त राष्ट्रसङ्घ
काठमाडौं । संयुक्त राष्ट्रसङ्घले दश लाख शरणार्थीहरू युक्रेन छोडेर छिमेकी मुलुकमा पुगेको जनाएको छ ।
सात दिनको अवधिमा लाखौँ मानिसले युक्रेन छाडेका हुन् । रुसले गत बिहीवार युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।
सन् २०१५ मा शरणार्थी सङ्कटका बेला १३ लाख मानिसहरू प्रभावित भएका थिए ।
युक्रेन सङ्कटकाबीच एक साताको अवधिमै शरणार्थी सङ्ख्या उक्त आँकडानजिक पुगिसकेको छ ।
राष्ट्रसङ्घका अधिकारीहरूले युद्धका कारण एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने र उनीहरूलाई सहायताको आवश्यकता पर्ने अनुमान गरेका छन् ।