८ जेष्ठ २०७९, आईतवार

सुर्खेतमा एमसीसी बिरुद्धको आन्दोलनले उग्ररुप लियोः पार्टी कार्यालयमा आगलागी, कर्फ्यु आदेश जारी



सुर्खेत । एमसीसीलाई ‘राष्ट्रघाती’ सम्झौता भन्दै विरोध जनाउँदै आएका आठ राजनीतिक दल र दुई मोर्चाले आज नेपाल बन्दको आव्हान गरेका थिए । नेपाल बन्दको आयोजना गर्ने विप्लवको (नेपाल कम्युनिष्ट पार्टी), नेपाल कम्युनिष्ट पार्टी (मशाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी(ऋषि कट्टेल) र वैज्ञानिक समाजवादी कम्युनिष्ट पाार्टी, नेपालका बन्दको आह्वान गरेका थिए ।
कर्णाली प्रदेशकोको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आठ राजनीतिक दलहरुले बन्दका कारण दिनभर आन्दोलनकारी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको छ । झडपमा प्रहरीले केही सयौं सेल अश्रुग्याँस प्रहार गरेको छ ।
आन्दोलनकारीले गरेको ढुङ्गामुढाका कारणले केही प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
विशेषगरी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी चोक, यरीचोकमा तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । ‘स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्यास समेत हानेको छ ।’ उनले भने,‘तर विभिन्न गल्लीबाट आन्दोलनकारीहरु निस्किएर प्रहरीमाथि ढुंगामुढा हानिरहेका थिए ।’
पार्टी कार्यालयमा आगजानी
दिनभर बन्दकर्ताहरुले आन्दोलनकारीले प्रहरीसँग ठाउँठाउँमा झडप हुँदै जाँदा बेलुुका ७ समयमा वीरेन्द्रनगर–६ गोदाम लााइनमा रहेका नेपाली कांग्रेस, नेकपा(एमाले), माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी)को कार्यालयमा तोडफोड तथा आगजनी खोजेका थिए । आन्दोलनकारीले सुर्खेतमा विभिन्न पार्टीका कार्यालयहरुमा तोडफोड र आगजनी गरेपछि कर्फ्यु आदेश जारी भएको छ ।
कफ्यु जारी
सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।
सोमबार बेलुका सवा ८ देखि मंगलबार बेलुका ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । ‘उत्तरमा कपासे, दक्षिणमा काभ्रेबिहार, पूर्वमा सुब्बा कुना र पश्चिममा बाङ्गेसिमल क्षेत्र तोकेर कर्फ्यू आदेश जारी गरिएको छ ।’ उनले भने, ‘प्रदर्शन बढेपछि र पार्टी कार्यालयहरुमै आगजनी हुन थालेपछि कर्फ्यू आदेश जारी गर्नुपरेको हो ।’
स्थिति नियन्त्रणमा लिन अहिले वीरेन्द्रनगर बजारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको