७ जेष्ठ २०७९, शनिबार

एमसीसी सम्झौताको विरोधमा आज नेपाल बन्द




काठमाडौं । प्रतिनिधिसभा बैठकले एमसीसी अनुमोदन गरेको बिरोधमा आज नेपाल बन्दको आव्हान गरिएको छ ।

एमसीसीलाई ‘राष्ट्रघाती’ सम्झौता भन्दै विरोध जनाउँदै आएका ६ राजनीतिक दल र दुई मोर्चाले आज नेपाल बन्दको आव्हान गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिष्ट पार्टी मशालका महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादु केसी, देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पाार्टी, नेपालका संयोजक आहुतीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती प्रकाशित गर्दै नेपाल बन्दको आह्वान गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको