१५ जेष्ठ २०७९, आईतवार

एमसीसीका बिषयमा अहिले कुनै धारणा बनाएको छैनौंः एमाले उपाध्यक्ष थापा




सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पार्टीको माग पुरा भए एमसीसीका बिषयमा धारणा बनाउने बताएका छन् । पार्टीको कर्णाली प्रदेश प्रशिक्षणका लागि सुर्खेत आएका उपाध्यक्ष थापाले पहिला १४ सांसदको पदमुक्त हुनुपर्ने र सभामुख अग्नीप्रसाद सापकोटाले नैतिकताका आधारमा राजीनामा दिए एमसीसीका बिषयमा पार्टीले धारणा बनाउने बताएका हुन् ।
पहिला सभामुखले १४ सांसदहरुको सूचना टाँस गरेर पदमुक्त गरेर, सभामुखले नैतिकता आधारमा राजीनामा दिनुपर्ने थापाले बताए । ‘सभामुखले सूचना टाँस गर्नु भएको छैन । अब सूचना नटासेपछि निश्चित रुपमा सभामुखले राजीनामा दिनुपर्छ र मार्ग प्रशस्त गरिदिनुपर्छ ।’ उनले भने,‘ अरु विषयमा हाम्रो कुनै निर्णय भएको छैन ।’ उनले भने,‘त्यो पुरा भएन भने हामी कुनै प्रक्रियामा भाग लिदैनौं ।’
कांग्रेससँग सहकार्यका बिषयमा अहिले कुनै ठोस पहल नभएको पहिला १४ सांसदको पदमुक्त र सभामुखका बिषयमा सहमति भए नेपाली कांग्रेससँग सहकार्य हुनसक्ने उपाध्यक्ष थापाको भनाई रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको