७ जेष्ठ २०७९, शनिबार

बलात्कार आरोप लागेपछि बोले पल शाह




काठमाडौं । अभिनेता पल शाहले आफूमाथि नियोजित र षड्यन्त्रपूर्ण ढङ्गले प्रहार गरिएको बताएका छन् । १७ वर्षीया एक गायिकाले बलात्कारको आरोपको लगाएर शुक्रबार प्रहरीमा उजुरी दिएपछि बिहीबार विहान आफ्नो फेसबुक ह्यान्डलमा शाहले आफूमाथि गम्भीर षड्यन्त्र भएको बताए ।

उनले ती गायिकाले लगाएका आरोप गलत भएको दाबी गरेका छन् । केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिकाले आफूमाथि सुन्न नसकिने खालको कुराहरु गरेको शाहको भनाइ छ ।

उक्त अडियो क्लिपमा भनिए अनुसार ‘पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो’, उनले भनेका छन् ‘हाम्रो सम्बन्ध २ बर्ष अगाडीदेखि भएको अनि १ बर्षपछि मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो’ साथै ‘घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो’ लगायत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो’ उनले लेखेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको