३ आश्विन २०८०, बुधबार

सुशान्तसिंह राजपुतकी पूर्वप्रेमिका रिया चक्रवर्ती पक्राउ



२७ भाद्र, काठमाडौं । सुशान्तसिंह राजतुपकी पूर्वप्रेमिका अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छन् । सुशान्तको आत्महत्याको ८४ दिनपछि नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबीले) रियालाई पक्राउ गरेको हो ।

सुशान्त आत्महत्या प्रकरणमा मुछिएकी रियालाई प्रहरीले लगातार ३ दिनसम्म बयान लिएपछि पक्राउ गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

सुशान्तको आत्महत्या थप रहस्यमय बनिरहदा चक्रवर्तीले सुशान्तलाई लागु औषध दिने गरेको आरोप लागेको छ । यद्यपि रियालाई किन पक्राउ गरियो भन्नेबारे भने प्रहरीले हालसम्म कुनै आधिकारीक जानकारी भने दिएको छैन ।

अभिनेता सुशान्तको आत्महत्यापछि तात्तिएको बलिउड नगरी अझै सेलाएको छैन । कतिपय कलाकारले बलिउडमा वर्षौंदेखि चल्दै आएको ‘नेपोटिजम’को शिकार भएका कारण सुशान्त आत्महत्या गर्ने बिन्दूमा पुगेको जिकिर गरेका छन् ।

सुशान्तको आत्महत्यालार्ई लिएर बलिउडका कलाकारहरू नै दुई पक्षमा विभाजित भएर आफ्ना अभिव्यक्तिहरू दिइरहेका छन् ।

स्रोत : एजेन्सिको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको