७ जेष्ठ २०७९, शनिबार

एमसीसी पास गर्ने कुरामा सहमति छैन: माधवकुमार नेपाल




काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलिनियम च्यालेञ्ज करपोरेशन ९एमसीसी० पास गर्नेबारेमा आफूहरुको सहमति नभएको बताएका छन् । उनले एमसीसी पारित गरे सरकार ‘जे हुन्छ हुन्छ’ भन्ने प्रतिक्रिया जनाए ।

आइतबार प्रतिनिधि सभामा एमसीसी टेबल भएको छ ।

अध्यक्ष नेपालसहित आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुताएको थियो । तर पास गर्ने सहमति नभएको नेता नेपालको भनाइ भनाइ छ ।

माधव नेपालसहितको आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी टेबल गर्ने विषयमा सहमति जुटाएको थियो। उनले भने ‘एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन । सरकार जे हुन्छ, हुन्छ ।’

हिजो बसेको नेकपा एसको स्थायी समिति बैठकले यथास्थितिमा पास गर्न नसकिने बताउँदै संसदमा लैजान अवरोध नगर्ने निर्णय गरेसँगै सरकारले संसदमा एमसीसी टेबल गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको