७ जेष्ठ २०७९, शनिबार

एमसीसी पारित गर्ने– नगर्ने नेपालको आन्तरिक विषयः अमेरिका



काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन नेपालको संसदले पारित गर्ने–नगर्ने नेपालको आन्तरिक विषय भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै दूतावासले एमसीसीका विषयमा निर्णय लिने अधिकार नेपालसँग भएको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नेताहरुले एमसीसी पारित गर्छन् वा गर्दैनन् त्यो नेपालको निर्णय हो । एउटा सार्वभौम देशका रुपमा यो निर्णय गर्न पाउने अधिकार नेपालसँग रहेको छ ।’ दूतावासले जारी गरेको विज्ञप्तिमा एमसीसी अमेरिकी जनताका तर्फबाट नेपाललाई उपहार भएको समेत उल्लेख छ ।

शुक्रबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वान वेनविनले अमेरिकाले नेपालमा दबाबपूर्ण कूटनीति सञ्चालन गरेको आरोप लगाएका थिए । एमसीसी पारित गर्न अमेरिकाले नेपाललाई दबाब दिएको आशयको अभिव्यक्ति उनले दिएका थिए ।

२७ माघमा अमेरिकाको दक्षिणपूर्वी एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपाली नेताहरुलाई टेलिफोनमार्फत एमसीसी पारित गर्न धम्की दिएको उल्लेख गर्दै चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले वेनविननले यस्तो कार्यको प्रतिरोध गर्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको