७ जेष्ठ २०७९, शनिबार

माधव नेपालले भने ‘एमसीसीबारे अमेरिका र चीनको अभिव्यक्ति गम्भीर छ’



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष मावधकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अमेरिका र चनीको अभिव्यक्ति गम्भीर रहेको बताएका छन् ।

शनिबार बानेश्वरमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले असंलग्न परराष्ट्र नीतिमा आँच पुग्ने कुनै काम गर्न नदिइने पनि बताए । अध्यक्ष नेपालले आफूहरु कुनै पनि शक्ति राष्ट्रको पक्षमा नउभिने बताए ।

‘कुनै पनि शक्ति राष्ट्रले निर्माण गरेको ब्लकमा सामेल भइने छैन । नेपालको संविधान र कानुनलाई तल पार्ने काम गर्न दिइने छैन’, बैठकमा अध्यक्षले नेपालले राखेको धारणा उधृत गर्दै एक नेताले भने ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा नेपालका राजनीतिक दलहरुबीच विवाद बढ्दै गएका बेला अमेरिका र चीन दुबैले प्रतिक्रिया सार्वजनिक गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको