कर्णाली प्रदेशका थप १८ जनामा कोरोना संक्रमण पुष्टि
२९ साउन, काठमाडौं । कर्णाली प्रदेशका थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकाश मन्त्रालयले विज्ञप्ति जारी गरी थप १८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।
प्रदेश अस्पताल सुर्खेत तथा पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा १८ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये १, २, ३, ६ र १३ वर्षका बालकसहित १३ जना पुरुष र अन्य ५ जना महिला रहेका छन् । अन्य प्रदेशको तुलनामा सबैभन्दा पछि कोरोना संक्रमित फेला परेको कर्णाली प्रदेशमा पछिल्लो समय जोखीम बढ्दै गएको छ ।