८ जेष्ठ २०७९, आईतवार

प्रत्येक महिना प्रगती विवरण दिन मन्त्री सिंहको आग्रह




सुर्खेत । कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले मन्त्रालय अन्र्तगतका १० जिल्लाका कार्यालय प्रमुखलार्इ प्रत्येक महिनाको प्रगती विवरण पठाउन निर्देशन दिएका छन् । बजेट खर्च न्यून भएको भन्दै उनले विकास निर्माणका काम तिब्रता दिएर प्रत्येक महिनामा जिल्लाको प्रगती विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिएका हुन् ।
प्रत्येक महिना खर्चको विवरणसँगै प्रगती विवरण पेश गर्न मन्त्री सिंहले निर्देशन दिएका छन् ।
बजेट कार्यन्वनमा समस्या देखिएपछि के कारणले समस्या भएको हो वा किन भएन भन्ने कुरा समेत अवगत गराउन मन्त्री सिंहले निर्देशन दिएका हुन् । ‘अहिलेसम्म मन्त्रालयको विकास खर्च ७ प्रतिशत मात्र भएको छ ।’ उनले भने,‘१५ लाख भन्दा तलका योजनाहरु कार्यन्वन नगर्न सरकार र प्रमुख प्रतिपक्ष दलबीच भएको सहमति अनुसार काम गर्नुपर्छ ।’
परिणाम नआउने खालका योजनाहरु जथाभावी बाँडेपछि त्यसको कार्यान्वयन प्रश्न चिन्ह खडा गरिएको मन्त्री सिंहले बताए ।
जिल्लाका खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय , नेपाल विद्युत प्राधिकरणका १० जिल्लाका प्रमुख र नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशका प्रमुख र वन निर्देशनालय छलफलसमेत गरिएको मन्त्री सिंहले जानकारी दिए ।
विकास निर्माणका काम गर्दा बाधा अड्चन आएमा तुरुन्तै आफूलाइ सम्पर्क गर्न मन्त्री सिंहले आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको