८ जेष्ठ २०७९, आईतवार

आजको बैठकमा एमसीसी पेस नगर्ने गठबन्धनमा सहमति



काठमाडौं । एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा तीव्र मतभेद भइरहँदा संकटमा परेको सत्ता गठबन्धनको बैठकले एमसीसी टेबल नगर्ने सहमति भएको छ । भर्खरै बालुवाटारमा सकिएको गठबन्धनका शीर्ष नेताको छलफलले सहमतिको लागि केही दिन कुर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सरकारी घर बालुवाटारमा भएको शीर्ष नेताबीचको कुराकानीमा एमसीसी टेबल नगर्ने सहमति भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए । बैठकबाट बाहिरिँदै उनले अर्को बैठक ८ गते बस्ने तय भएको बताए ।

नेकपा एकीकृत समाजवादीले भोलि बैठक बसेर छलफल गर्ने भन्दै समय माग गरेपछि ८ गते फेरि छलफल गर्ने तय भएको हो । यसअघि हिजोको निर्णायक भनिएको गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो । सत्ता गठबन्धनको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले अलग्गै छलफल गरेका थिए। उनीहरु एमसीसीको विपक्षमा छन्। कांग्रेस भने पक्षमा छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको