३ आश्विन २०८०, बुधबार

शनिबार १२ सय २ जनामा कोरोना पुष्टि, १४ को मृत्यु



२७ भाद्र, काठमाडौं । शुक्रबार देशभर थप १२ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए ।

आज काठमाडौंमा ३७७, ललितपुरमा ३७ र भक्तपुरमा १७ गरी उपत्यकामा ४३१ जना भाइरस सङ्क्रमित थपिएका छन् ।

प्रवक्ता गौतमका अनुसार आज थपिएकासहित हालसम्म ५३ हजार १ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशका विभिन्न अस्पतालमा उपचाररत ८ सय ५२ जना सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोना सङ्क्रमणबाट मूक्त हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको