७ जेष्ठ २०७९, शनिबार

सकियो सत्ता गठबन्धनका तीन दलको बैठक, प्रचण्डले भने- सकेसम्म गठबन्धन जोगाउँछौं




काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म सत्ता गठबन्धन जोगाउने बताएका छन् ।

साँझ बस्ने सत्ता गठबन्धनको बैठकअघि प्रचण्डले दिउँसो नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता राजेन्द्र श्रेष्ठसँग बैठक गरेका थिए । बैठकपछि छोटो प्रतिक्रिया दिएका उनले आफूहरूले गठबन्धन बचाउनेमै जोड दिए ।

एमसीसीको विषय पेचिलो बन्दै गएपछि एकैखाले धारणमा बनाउन नेताहरू छलफलमा जुटेका हुन् । सत्ता गठबन्धनको बैठक अहिले साँझ ५ बजे बस्ने जनाइएको छ ।

बुधबार बिहान माओवादी बैठकले यही अवस्थामा संसदमा एमसीसी लगे सरकार छाड्ने चेतावनी दिइरहेको छ भने नेकपा एसले मौन विरोध गरिरहेको छ । तीन नेताबीचको भेटपछि अध्यक्ष नेपालले भने प्रतिक्रिया दिएनन् । यद्यपि उनले बैठक गोप्य भएको बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको