७ जेष्ठ २०७९, शनिबार

कर्णालीमा बन्दको प्रभाव, यातायातका साधन चलेनन्




सुर्खेत । कर्णालीमा छ राजनीतिक दलले गरेको नेपाल बन्दको प्रभाव परेको छ । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको नेपाल बन्दको प्रभाव कर्णालीमा परेको हो ।
बन्दका कारणले यहाँका लामो तथा छोटो दुरीका सवारी साधन, स्कुल र बजार बन्द रहेको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बाहिरिने र भित्रने कुनै सवारी साधन र कर्णालीका सबै जिल्लामा यातायातका साधन बिहानैदेखि चल्न नसकेको
कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) भूवनेश्वर तिवारीले बताए । ‘बजार क्षेत्रमा केही सवारी साधन गुडेका छन् ।’ उनले भने,‘बजार क्षेत्रमा दुइ पाँग्रे र केही साना सवारी सञ्चालनमा रहेपनि अघिल्लो दिनको तुलनामा कम सवारी गुडिरहेको छन् ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको